काठमाडौं । आवासीय चिकित्सकले विभिन्न माग राखी सङ्घर्षको कार्यक्रम घोषणा गरेको छन । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको अगुवाइ ६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकले मङ्गलबारदेखि थप काठमाडौं केन्द्रित सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
समितिका प्रवक्ता डा। सञ्जय बरालले ६ दिनदेखि विरोध कार्यक्रम गर्दै आइरहेको भए पनि सरकारबाट कुनै पहल नभएकाले थप काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जानकारी दिए। समितिले विज्ञप्ति निकाल्दै भोलिदेखि देशभरिका इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकलाई आन्दोलनमा सहभागी हुन काठमाडौं आउन अनुरोध गरेको छ ।
देशभरका सबै मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर, इन्टर्न तथा रेजिडेन्ट चिकित्सकले माग पूरा नहुन्जेल सेवामा सरिक भई सेतोकोटमा माइतीघरमा उपस्थित हुन र यो आन्दोलनलाई सार्थक बनाउन समितिको अपिल छ ।
सरकार र चिकित्सक शिक्षा आयोगले आवासीय चिकित्सकको अधिकार सुनिश्चित गर्न र चिकित्सकमाथि भएको चरम श्रम शोषण बन्द गराउने निर्णय नगर्दासम्म विरोधका कार्यक्रम बढाउँदै जाने उहाँले बताए।
समितिले सोमबार ९ बजेदेखि १२ बजेसम्म ओपिडी सेवा बहिष्कार गरेका थिए । त्यसैगरी, सोमबार देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थामा आफ्नो संस्थामा ब्यानर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
चिकित्सले १२ बजेपछि चिकित्सकले सेतो एप्रोनसहित बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । आवासीय चिकित्सकले गत शुक्रबार पेन डाउन र एप्रोनसहित प्रदर्शन गरेका थिए । केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा हस्ताक्षरित निर्णयमा सशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको थियो ।
उक्त निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग बेवास्ता गरेमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने समितिले चेतावनी दिएको छ ।
आवासीय चिकित्सकको माग
हालै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा शिक्षा विज्ञान प्रविधिमन्त्रीले संयुक्त रुपमा गरिएको भनिएको सारा नेपाली डाक्टरको अपमान हुनेखालको सिफारिस तत्काल खारेज गर्न माग गरेका छन् । सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, डिएम, एचसिएच रेजिडेन्टको पारिश्रमिक न्यूनतम सरकारी सहर कायम गरियोस् र सम्पूर्ण पिजी कार्यक्रम पूर्णतया शुल्करहित र बोण्डरहित बनाउन माग गरेका छन् ।
त्यस्तै, रेजिडेन्सिमा ड्युटी समय र बिदा समयलाई वैज्ञानिक बनाइयोस, हप्तामा अधिकतम ८० घण्टा ड्युटी,, प्रत्येक (२४ घण्टा) ड्युटीपछि पोस्ट ड्युटी अफ र पेड प्रसूति बिदाको व्यवस्थासहितको कार्यविधि जारी गरियोस् । सरकार र सङ्घर्ष समितीबिच भएको सहमति बमोजिम बनेको डा.टङक बारकोटी कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: