काठमाडौं । आवासीय चिकित्सकले विभिन्न माग राखी सङ्घर्षको कार्यक्रम घोषणा गरेको छन । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको अगुवाइ ६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकले मङ्गलबारदेखि थप काठमाडौं केन्द्रित सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
समितिका प्रवक्ता डा। सञ्जय बरालले ६ दिनदेखि विरोध कार्यक्रम गर्दै आइरहेको भए पनि सरकारबाट कुनै पहल नभएकाले थप काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जानकारी दिए। समितिले विज्ञप्ति निकाल्दै भोलिदेखि देशभरिका इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकलाई आन्दोलनमा सहभागी हुन काठमाडौं आउन अनुरोध गरेको छ ।
देशभरका सबै मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर, इन्टर्न तथा रेजिडेन्ट चिकित्सकले माग पूरा नहुन्जेल सेवामा सरिक भई सेतोकोटमा माइतीघरमा उपस्थित हुन र यो आन्दोलनलाई सार्थक बनाउन समितिको अपिल छ ।
सरकार र चिकित्सक शिक्षा आयोगले आवासीय चिकित्सकको अधिकार सुनिश्चित गर्न र चिकित्सकमाथि भएको चरम श्रम शोषण बन्द गराउने निर्णय नगर्दासम्म विरोधका कार्यक्रम बढाउँदै जाने उहाँले बताए।
समितिले सोमबार ९ बजेदेखि १२ बजेसम्म ओपिडी सेवा बहिष्कार गरेका थिए । त्यसैगरी, सोमबार देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थामा आफ्नो संस्थामा ब्यानर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
चिकित्सले १२ बजेपछि चिकित्सकले सेतो एप्रोनसहित बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । आवासीय चिकित्सकले गत शुक्रबार पेन डाउन र एप्रोनसहित प्रदर्शन गरेका थिए । केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा हस्ताक्षरित निर्णयमा सशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको थियो ।
उक्त निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग बेवास्ता गरेमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने समितिले चेतावनी दिएको छ ।
आवासीय चिकित्सकको माग
हालै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा शिक्षा विज्ञान प्रविधिमन्त्रीले संयुक्त रुपमा गरिएको भनिएको सारा नेपाली डाक्टरको अपमान हुनेखालको सिफारिस तत्काल खारेज गर्न माग गरेका छन् । सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, डिएम, एचसिएच रेजिडेन्टको पारिश्रमिक न्यूनतम सरकारी सहर कायम गरियोस् र सम्पूर्ण पिजी कार्यक्रम पूर्णतया शुल्करहित र बोण्डरहित बनाउन माग गरेका छन् ।
त्यस्तै, रेजिडेन्सिमा ड्युटी समय र बिदा समयलाई वैज्ञानिक बनाइयोस, हप्तामा अधिकतम ८० घण्टा ड्युटी,, प्रत्येक (२४ घण्टा) ड्युटीपछि पोस्ट ड्युटी अफ र पेड प्रसूति बिदाको व्यवस्थासहितको कार्यविधि जारी गरियोस् । सरकार र सङ्घर्ष समितीबिच भएको सहमति बमोजिम बनेको डा.टङक बारकोटी कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: