Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नर्भिकको लापरवाही: नवजात शिशुको हातमा घाउ र जलन

खबरडबली संवाददाता

काठमाडौं । नर्भिक अस्पतालमा कात्तिक २४ गते जन्मेको नवजात शिशुको हातमा घाउ र जलन भएको घटनामा अस्पतालको गम्भीर लापरवाही भएको अभिभावकले आरोप लगाएका छन्।

काठमाडौं, थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा जन्मिएको एक शिशुको हातमा उपचारका क्रममा गहिरो घाउ र जलन भएको पाइएको हो । हातका साथै खुट्टामा पनि घाउ भएको छ।

क्यानुला राख्दा अस्पतालको गम्भीर लापरबाहीका कारण आफ्नो नवजात शिशुको यो अवस्था भएको उप्शा खड्का र सुदीप बोहरा दम्पतीले आरोप लगाएका छन्अ । स्पतालले उपचार क्रममा घटना ढाकछोप गरेको र बच्चालाई हत्तपत्त भेट्न नदिएको पनि उनीहरूले गुनासो गरेका छन्।

काठमाडौंको टुसालमा बस्दै आएकी उप्शा गत कात्तिक २४ गते बच्चा जन्माउन नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्। उनमा मधुमेह देखिएपछि नर्मल डेलिभरीका लागि नपर्खी चिकित्सकको सुझाव अनुसार भर्ना गरिएकै दिन शल्यक्रियाबाट बच्चा निकालियो। 

सामान्यतया ३८ देखि ४० हप्ताको गर्भबाट बच्चा जन्मने गरेकामा उप्शाले ३६ हप्तामा बच्चा जन्माएकी थिइन्।

जन्मिएको दुई दिनपछि बच्चाको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पतालले भेन्टिलेटरमा राख्यो । यस अवधिमा बच्चालाई हेर्न जान खोज्दा सजिलै नपाएको उप्शा बताउँछिन्। उनका अनुसार बच्चालाई हेर्न दिन आग्रह गर्दा नर्सहरू कहिले केही समय लाग्छ भन्दै पर्खाउँथे, कहिले खाजा खाइरहेका छौं भनेर टार्थे । केही समयको अलमलपछि मात्र उनीहरूलाई बच्चा देखाउन लगिन्थ्यो।

उपचार क्रममा अस्पतालका स्वास्थ्यकर्मीले प्रस्ट कुरै नगरेको सुदीप बताउँछन्। “बच्चालाई श्वासप्रश्वासको समस्या ठीक भइसकेको बताउँथे, तर डिस्चार्ज नगरी अझै ५–६ दिन राख्नुपर्छ भन्थे,” उनी भन्छन्।

यस्तो व्यवहार र प्रतिक्रिया देख्दा, सुन्दा कतै केही गडबडी त छैन भनेर उप्शा र सुदीपलाई शंका लाग्न थाल्यो ।  केही समय पर्खाउने, टार्ने, अनि मात्र भेट्न दिने क्रम ११ दिनसम्म चल्यो। ११औं दिनमा जब उनीहरू बच्चा हेर्न गए, बच्चाको हातमा जलेको घाउ देखे । यो के भएको भनेर छेउमै रहेकी नर्सलाई सोधे। जवाफ आयो, ‘थाहा छैन।’

त्यसअघिका दिनमा उनीहरू बच्चा हेर्न जाँदा हातमा सधैं ब्यान्डेज हुन्थ्यो। उपचार प्रक्रियाकै हिस्सा होला भनेर उनीहरूले त्यता ध्यान दिएनन् । तर त्यस दिन ब्यान्डेज विनाको हातमा घाउ देखे। “त्यस दिन नर्स नयाँ भएकाले ब्यान्डेज लगाउन भ्याएकी थिइनन् र त्यही समयमा हामी पुगेका कारण घाउ देख्यौं,” सुदीप भन्छन्। 

बच्चाको त्यो अवस्था देख्दा उनीहरू आत्तिए। अस्पतालका डाक्टर, व्यवस्थापकलाई यसबारे सोधे। जवाफमा यो सामान्य कुरा हो भनियो । त्यसपछि उनीहरूले अस्पतालमा बच्चा नराख्ने निर्णय गरे। 

“हामीले बच्चा लैजान्छौं भन्दा ‘हुन्छ’ भनेर सजिलै स्वीकृति दिए । त्यस्तो हतारिएर स्वीकृति दिंदा पक्कै केही गडबडी भएको छ भनेर शंका भयो,” उप्शा भन्छिन्, “बच्चाको श्वासप्रश्वासको समस्या ठीक भइसकेको बताए पनि थप केही दिन राख्नुपर्छ भन्नुको कारण घाउ भएको घटना ढाकछोप गर्न पो रहेछ भन्ने लाग्यो।”

यो उनीहरूको दोस्रो बच्चा थियो । यसअघि यस्तो समस्या नभोगेका कारण यो कस्तो जटिलता हो भनेर उनीहरूलाई थाहा थिएन।  

अस्पतालबाट निस्किन लाग्दा एक नर्सले बच्चालाई ‘घर नलैजानू, अस्पताल लैजानू’ भनेपछि उनीहरू डराए। “हाम्रो बच्चाको अवस्था ठीक थिएन भने अस्पतालले लैजान किन स्वीकृति दियो, अस्पतालले लापरवाहीबाट पन्छिनै हामीलाई बिदा दिएको रहेछ,” उप्शा भन्छिन्, “बच्चालाई त्यस्तो घाउ हुँदा कति दुख्यो र पोल्यो होला ?”

अस्पतालको लापरवाही

बच्चालाई भोलिपल्ट उनीहरूले ललितपुरको किस्ट अस्पताल लगे। त्यहाँका चिकित्सकले ‘तपाईंहरूले के गरेर बच्चाको हातमा घाउ पार्नुभयो’ भनेर उनीहरूलाई नै प्रश्न गरे। त्यसपछि पो उनीहरूलाई यो सामान्य रहेनछ भन्ने लाग्यो। 

तर किस्ट अस्पतालले के भएर हातमा घाउ भयो भनेर पत्ता लगाउन सकेन। “त्यहाँका चिकित्सकले क्यानुला ड्यामेज भएर, स्पीड इन्जेक्सन भएर, औषधि पोखिएर, औषधिको रियाक्सन भएर जस्ता विभिन्न कारणले घाउ हुन सक्ने बताए। ठ्याक्कै यसले नै भएको भन्न सकेनन्,” सुदीप भन्छन्।

नर्भिकमा उपचार गराउँदा उनको हातमा क्यानुला राखेर औषधि दिइएको थियो। क्यानुला राख्ने क्रममा सावधानी नअपनाइँदा जलन भएर बच्चाको हातमा गहिरो घाउ भएको उनीहरूको आरोप छ।

नर्भिकमा उक्त बच्चाको उपचार गरेका डा. गणेश शाहसँग कुरा गर्दा उनले क्यानुला राख्दा नै घाउ भएको बताए । यसमा आफ्नो गल्ती नभएको उनको भनाइ छ । उनका अनुसार क्यानुला राख्दा ‘साइड इफेक्ट’ भएर यस्तो हुन्छ र यो सामान्य हो। “बच्चा समयभन्दा अगाडि जन्मिएको र धेरै कमजोर भएकाले धेरै कुरा गर्नुपरेको थियो,” डा. शाहले भने, “क्यानुला ब्लाइन्ड प्रक्रिया हो, नसालाई महसूस गरेर सियो हाल्दा कहिलेकाहीं बाहिर जान सक्छ, लिक हुन सक्छ।” 

नर्भिक अस्पतालको रिपोर्टमा १०औं दिनमा छाला जलेको भनेर लेखिएको छ। किस्टका चिकित्सकले भने यो तत्काल भएको घाउ नभई एक/डेढ साताअघिको भएको बताएको सुदीप बताउँछन्। 

नवजात शिशुमा क्यानुला राख्दा घाउ र जलन हुने घटना कति लापरवाही हो ?

यो प्रश्न  बालरोग विशेषज्ञ डा.रामहरि चापागाईंलाई सोध्यौं । उनका अनुसार नवजात शिशुको उपचारमा हरेक प्रक्रिया निकै सावधानीपूर्वक गर्नुपर्छ र त्यसो नगरिए समस्या आउँछ। उनी भन्छन्, “नवजात शिशुको छाला निकै संवेदनशील हुने भएकाले क्यानुला राख्दा ध्यान दिनुपर्ने हुन्छ। ध्यान नपुर्‍याउँदा संक्रमण भएर घाउ हुने जस्तो गम्भीर घटना हुन सक्छ।”

नर्भिक अस्पतालको घटनामा भने के भएको हो भनेर आफूलाई थाहा नभएको डा. चापागाईं बताउँछन् । 

बच्चाको उपचार किस्ट अस्पतालमा जारी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending