Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

रविमाथि निलम्बन गर्न सभामुखको हतारोः बाझियो सम्पत्ति शुद्धीकरण ऐन र प्रतिनिधि सभा नियमावली

खबरडबली संवाददाता

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितका व्यक्तिमाथि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो । लामिछानेमाथि मुद्दा दायर भएसँगै कास्की प्रहरीले लामिछानेमाथिको मुद्दाको जानकारी गराउँदै सांसद पदबाट निलम्बन हुने आधारसहित पत्र आइतबार साँझ संसद सचिवालयमा आइपुग्यो । आइतबार अबेर भएकाले सोमबार मात्रै सभामुख देवराज घिमिरेले त्यसबारे कदम चाले । त्यसो त रविको दल रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित केही सांसदहरुले तत्काल निलम्बन नगर्न सभामुख घिमिरेसमक्ष आग्रह समेत गरेका थिए ।

सभामुख घिमिरेको आग्रहमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले लामिछानेलाई सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम निलम्बन गरिएको सूचना जारी गरे ।

सूचनामा भनिएको छ, ‘‘...प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ लाई आधार मान्दै लामिछानेलाई निलम्बन गरिएको भनिए पनि उक्त दफालाई केलाएर हेर्ने हो भने ‘‘ प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर’ भनिएको छ ।

यसरी हेर्दा लामिछाने पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने भन्ने विषयमा जिल्ला अदालत कास्कीमा बयान नै नहुँदा लामिछानेलाई निलम्बन गरिएको छ । त्यसो त उनको दल रास्वपाले रविमाथि राजनीतिक प्रतिशोध साँधेको भनेर आलोचनाकाबीच ऐनको व्यवस्था बाझिने निर्णय सभामुखले गरेसँगै उनीमाथि समेत प्रश्न उठेको छ ।

तर संसद् सचिवालयले दफा २२ का आधारमा मुद्दा दर्ता भएको र २७ अनुसार निलम्बन गरेको उल्लेख गरेको छ । दफा २२ (१) र (२) मा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुरका सम्बन्धमा अनुसन्धान समाप्त भएपछि विभागको प्रमुखले आफ्नो रायसहितको मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकिल समक्ष मिसिल एवं प्रमाण पेस गर्नुपर्नेछ । (२) उपदफा (१) बमोजिम लेखी पठाइएकोमा मुद्दा चलाउने सम्बन्धित सरकारी वकिलबाट निर्णय भइ आएमा विभागले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालत समक्ष मुद्दा दायर गर्नेछ ।’

त्यसो त प्रतिनिधि सभा नियमावली २०७९ को दफा २४८ को (३) लाई हेर्ने हो भने प्रतिनिधि सभा सदस्य पुर्पक्षका लागि थुनामा नगइ निलम्बन गर्न पाइँदैन् ।

‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकामा त्यस्तो थुनामा रहेको अवधिभर आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ,’ उपदफा ३ मा भनिएको छ ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ र प्रतिनिधि सभा नियमावली २०७९ को व्यवस्था एकापसमा बाझिएको अवस्थामा लामिछानेलाई निलम्बन गरिएको भन्दै प्रश्न उठिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending