Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रविमाथि निलम्बन गर्न सभामुखको हतारोः बाझियो सम्पत्ति शुद्धीकरण ऐन र प्रतिनिधि सभा नियमावली

खबरडबली संवाददाता

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितका व्यक्तिमाथि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो । लामिछानेमाथि मुद्दा दायर भएसँगै कास्की प्रहरीले लामिछानेमाथिको मुद्दाको जानकारी गराउँदै सांसद पदबाट निलम्बन हुने आधारसहित पत्र आइतबार साँझ संसद सचिवालयमा आइपुग्यो । आइतबार अबेर भएकाले सोमबार मात्रै सभामुख देवराज घिमिरेले त्यसबारे कदम चाले । त्यसो त रविको दल रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित केही सांसदहरुले तत्काल निलम्बन नगर्न सभामुख घिमिरेसमक्ष आग्रह समेत गरेका थिए ।

सभामुख घिमिरेको आग्रहमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले लामिछानेलाई सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम निलम्बन गरिएको सूचना जारी गरे ।

सूचनामा भनिएको छ, ‘‘...प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ लाई आधार मान्दै लामिछानेलाई निलम्बन गरिएको भनिए पनि उक्त दफालाई केलाएर हेर्ने हो भने ‘‘ प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर’ भनिएको छ ।

यसरी हेर्दा लामिछाने पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने भन्ने विषयमा जिल्ला अदालत कास्कीमा बयान नै नहुँदा लामिछानेलाई निलम्बन गरिएको छ । त्यसो त उनको दल रास्वपाले रविमाथि राजनीतिक प्रतिशोध साँधेको भनेर आलोचनाकाबीच ऐनको व्यवस्था बाझिने निर्णय सभामुखले गरेसँगै उनीमाथि समेत प्रश्न उठेको छ ।

तर संसद् सचिवालयले दफा २२ का आधारमा मुद्दा दर्ता भएको र २७ अनुसार निलम्बन गरेको उल्लेख गरेको छ । दफा २२ (१) र (२) मा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुरका सम्बन्धमा अनुसन्धान समाप्त भएपछि विभागको प्रमुखले आफ्नो रायसहितको मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकिल समक्ष मिसिल एवं प्रमाण पेस गर्नुपर्नेछ । (२) उपदफा (१) बमोजिम लेखी पठाइएकोमा मुद्दा चलाउने सम्बन्धित सरकारी वकिलबाट निर्णय भइ आएमा विभागले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालत समक्ष मुद्दा दायर गर्नेछ ।’

त्यसो त प्रतिनिधि सभा नियमावली २०७९ को दफा २४८ को (३) लाई हेर्ने हो भने प्रतिनिधि सभा सदस्य पुर्पक्षका लागि थुनामा नगइ निलम्बन गर्न पाइँदैन् ।

‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकामा त्यस्तो थुनामा रहेको अवधिभर आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ,’ उपदफा ३ मा भनिएको छ ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ र प्रतिनिधि सभा नियमावली २०७९ को व्यवस्था एकापसमा बाझिएको अवस्थामा लामिछानेलाई निलम्बन गरिएको भन्दै प्रश्न उठिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending