Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

मुलुकसँग भएका सन्धि, सम्झौता सार्वजनिक गरः पूर्ण बस्नेत

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे जनतालाई जानकारी गराउन माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरान विआरआइ कार्यान्वयन सम्झौता हुनसक्ने चर्चाका माझ प्रमुख बस्नेतले कतिपय सन्धि, सम्झौताहरु पुनरावलोकन गर्नुपर्ने र कतिपय खारेज गर्नुपर्ने अवस्थामा रहेको भन्दै आजसम्म गरिएका सम्पूर्ण सन्धि सम्झौताबारे समीक्षा गरेपछि मात्र मुलुकले थप कस्ता खाले सन्धि, सम्झौताहरु गर्नुपर्ने र के कस्ता सन्धि, सम्झौता गर्न नपर्ने भन्ने कुरा थाहा हुने बताएका हुन् ।

‘देशको कायापलट हुने भनेर गरिएका सन्धि, सम्झौता पनि थिए । आजसम्म भएका सन्धि र सम्झौताले देशको विकास र समृद्धि, सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय एकताको जगेर्ना गर्न कति सहयोग पुर्यायो त्यसबारे जनतालाई स्पष्ट पार्नुपर्ने बस्नेतले बताए । कसको पालामा कुन कुन विषयमा के कति सन्धि, सम्झौताहरु भएका छन् ती सबै सार्वजनिक गरियोस्,’ बस्नेतले भने ।

इमान्दारीपूर्वक भन्ने हो भने यो मुलुकमा सबैभन्दा खतरा कोहीसँग छ भने त्यो नेपाल सरकारसँग छ । सरकारले एकातिर आफ्नै मुलुकमा महङ्गी, भ्रष्टाचार र लुटको आतंक मच्चाउने गरेको छ । अर्कातिर अनेकौं सन्धि, सम्झौताका नाममा अन्य मुलुकहरुसँग प्राप्त गरेको ऋण, अनुदान र सहयोगलाई पनि कमिसन, भ्रष्टाचार, महङ्गी र लुटमा रुपान्तरण गर्ने काम गर्दछ, बस्नेतको आरोप छ ।  

उनले भने, जनता सरकारसँग सतर्क रहनुपर्दछ । । सरकारलाई एकदमै नजिकबाट निगरानी र खबरदारी गरिराख्ने र एकदमै खराब अवस्थामा रहेको देशको राजनीतिबाट देश र जनताले यथाशक्य निकास पाउन अवस्था सिर्जना गर्नुपर्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

डोजरको डरले काँप्यो पोखरा: बसपार्कमै साढे ४ सय घर, सुकुमवासी त्रासमा

पोखरा । चुनाव आउँदा ‘व्यवस्थापन’ को वाचा गरिने, चुनाव सकिँदा फेरि बिर्सिने—पोखराको सुकुमवासी मुद्दा यतिबेला फेरि तातिएको छ। तर यसपटक बहस मात्रै होइन, ...

राजनीतिले रोक्यो ‘सचिव’, सेवाले बनायो ‘इतिहास’: डा. बस्नेतको कथा

विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending