पेरिस। फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ ।
ती आरोपीत पतिको नाम डोमिनिक पेलिकोट (७१ वर्ष) हो। पेलिकोटले आरोपमा दोषी स्वीकार गरेका छन्। यस मुद्दामा अन्य ५० जना पुरुषहरू पनि मुद्दाको सामना गरिरहेका छन्।
सामूहिक बलात्कारको शिकार भएकी गिसेल पेलिकोटले यस मामिलामा माफीको प्रश्न नै नरहेको बताएकी छन् । गिजेलले भनिन्, ‘यी खराब मान्छे हुन्। उनले बलात्कार गरेका छन् । महिलालाई ओछ्यानमा सुतिरहेको देख्दा कसैले आफैलाई प्रश्न सोध्नु पर्दैन ? के उनीहरुको दिमाग छैन ?’
सरकारी वकिल लाउरे चाबाउडले गत सोमबार अदालतलाई भनेका छन, ‘आरोपीहरूले जिसेल पेलिकोटले सहमति दिएको भन्ने सोचेर जिम्मेवारीबाट बच्न खोजिरहेका छन्। तस्बिरहरूले स्पष्ट रूपमा देखाउँदछ कि गिसेल पेलिकोट बेहोस थिइन् र त्यसैले उनले आफ्नो सहमति दिन असमर्थ थिइन ।’
फ्रान्स २४ को रिपोर्टका अनुसार आरोपी र महिलाको विवाह भएको ५० वर्ष भइसकेको छ । महिलाको उमेर ७२ वर्ष छ । दुबैका ३ सन्तान पनि छन् । मुद्दाको सुनुवाइका सम्बन्धमा महिलाले बन्द ढोका पछाडि मुद्दाको सुनुवाइ नहोस् भन्ने आफूले नचाहेको बताइन् । अपराधीहरूले उनलाई लुकाउन चाहन्थे।
प्रहरीका अनुसार आरोपी पेलिकोट वेवसाइटमार्फत पुरुषसँग सम्पर्कमा आएर फोन गर्ने गर्थे । आफ्नी श्रीमतीलाई गहिरो निन्द्रा दिन उनले खाना र पेय पदार्थमा निद्राको चक्की मिसाउने गर्थे । त्यसपछि उनलाई बलात्कार गर्ने गर्थे। सो घटनाको भिडियो पनि बनाउने गदर्थे ।
समाचार अनुसार बलात्कारको घटना २०११ देखि २०२० सम्म भएको थियो । महिलाका वकिलका अनुसार श्रीमतीलाई यस्तो बेहोस अवस्थामा राखिएको थियो कि उनलाई अपराधबारे थाहा नै भएन । यससँग जोडिएको एउटा घटना पनि उनलाई याद छैन ।
ती वकिलले अगाडी भने कि २०२० मा अपराधको अनुसन्धानका लागि प्रहरीले महिलालाई बोलाउँदा यो स्तब्ध पार्ने कथा थाहा हुन पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...
बैशाख ३१ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएको आधारमा पार्टीभित्र कसैलाई पनि काखा–पाखा नगरिने बताएका छन्। क...
बैशाख ३१ गते, २०८३ - १५:३१
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...
बैशाख ३१ गते, २०८३ - १५:१६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...
बैशाख ३१ गते, २०८३ - १५:०३
काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...
बैशाख ३१ गते, २०८३ - १४:२८
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...
बैशाख ३१ गते, २०८३ - १४:१८
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...
बैशाख ३१ गते, २०८३ - १४:००
गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...
बैशाख ३१ गते, २०८३ - १३:३२
काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...



प्रतिकृया लेख्नुहोस्: