काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएको आधारमा पार्टीभित्र कसैलाई पनि काखा–पाखा नगरिने बताएका छन्।
कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’लाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन एउटा प्रक्रिया मात्र भएको उल्लेख गरे। त्यसमा को सहभागी भयो वा भएन भन्ने आधारमा नेता–कार्यकर्तालाई हेर्ने गल्ती आफूले नगर्ने उनको भनाइ थियो।
“विशेष महाधिवेशन एउटा चरणमा आयो, प्रक्रियामा आयो र सकियो,” उनले भने, “को सहभागी भयो, को भएन भन्ने आधारमा पार्टी सभापतिको हैसियतले कसैलाई हेर्ने गल्ती म गर्दिनँ।”
थापाले पार्टीलाई एकताबद्ध बनाउने, जोगाउने र आगामी अधिवेशनसम्म सशक्त रूपमा अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा रहेको बताए। यसका लागि सबै नेता–कार्यकर्ताको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ थियो।
उनले पार्टीलाई मिलाउँदै तीव्र गतिमा अगाडि बढाउने रणनीतिमा आफू रहेको पनि बताए। “म पार्टीलाई मिलाउँदै पनि जान्छु र स्पिडमा अगाडि पनि बढ्छु,” उनले भने।
असन्तुष्ट शीर्ष नेतातर्फ संकेत गर्दै थापाले उनीहरूको योगदानको सम्मान गर्नुपर्ने धारणा राखे। आफूभन्दा धेरै समयदेखि ती नेताहरूले पार्टीमा योगदान दिएको उल्लेख गर्दै उनले उनीहरूको अवमूल्यन गर्ने हैसियत आफूमा नरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: