Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिन जाेड

खबरडबली संवाददाता

काठमाडौं ।  मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए ।  उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’

त्यस्तै वडा सदस्य रेनु थारूले स्थानीय तहलाई बालमैत्री बनाइ बालबालिकाको हितमा काम गर्ने बताएकी छन् । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नगरीक सेलका प्रमुख विन्दु विश्वकर्माले हिंसाको बारेमा बालबालिकालाई अभिभावकले नै सचेत गराउनुपर्ने बताईन् । उनले भनिन्, ‘बालबालिकाहरूलाई व्यवहारिक सिकाइ सिकाउने अभिभावक हुन् । उनीहरूको दैनिक गतिविधिमा अभिभावकले ध्यान दिनुपर्छ ।’

‘अभिभावकले आफ्ना सन्तान दुर्व्यसनमा फस्न सक्ने स्थितिबाट जोगाउनुपर्छ । बालविवाह गर्दाका बेफाइदाका बारेमा सजग गराउनुपर्छ, विन्दुले थपिन्, ‘साथै, अन्यायमा परेको अवस्थामा कानुनी उपचारमा जान सकिने जस्ता कुराहरू सिकाउनुपर्छ ।’

त्यस्तै कार्यक्रम अधिकृत राधा बोटेले बालबालिका तथा महिला माथि हुने हिंसा अन्त्यको लागि समाजका सबैले तहले हातेमालो गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘कुनै एक संस्था वा व्यक्तिको पहलले मात्रै समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिदैन । समाजका हरेक तह र तप्काले यसको अन्त्यको लागि पहल गर्नुपर्छ ।’

कार्यक्रममा किशोरी अभियन्ता तिरिया महतोले आफ्नो अनुभव सुनाउँदै विद्यालय तहदेखि समुदायस्तरमा लैङ्गिक हिंसासम्बन्धी विभिन्न कार्यक्रमभर गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् । 

‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित ‘म हिंसा गर्दिन, गरेको पनि सहन्न र हिंसा गरेको थाहा पाएमा उजुरी गर्नेछु’  भन्नेमा सबैले प्रतिबद्धताका जनाएका छन् ।  

कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान वडा र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending