काठमाडौं । मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए । उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’
त्यस्तै वडा सदस्य रेनु थारूले स्थानीय तहलाई बालमैत्री बनाइ बालबालिकाको हितमा काम गर्ने बताएकी छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नगरीक सेलका प्रमुख विन्दु विश्वकर्माले हिंसाको बारेमा बालबालिकालाई अभिभावकले नै सचेत गराउनुपर्ने बताईन् । उनले भनिन्, ‘बालबालिकाहरूलाई व्यवहारिक सिकाइ सिकाउने अभिभावक हुन् । उनीहरूको दैनिक गतिविधिमा अभिभावकले ध्यान दिनुपर्छ ।’
‘अभिभावकले आफ्ना सन्तान दुर्व्यसनमा फस्न सक्ने स्थितिबाट जोगाउनुपर्छ । बालविवाह गर्दाका बेफाइदाका बारेमा सजग गराउनुपर्छ, विन्दुले थपिन्, ‘साथै, अन्यायमा परेको अवस्थामा कानुनी उपचारमा जान सकिने जस्ता कुराहरू सिकाउनुपर्छ ।’
त्यस्तै कार्यक्रम अधिकृत राधा बोटेले बालबालिका तथा महिला माथि हुने हिंसा अन्त्यको लागि समाजका सबैले तहले हातेमालो गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘कुनै एक संस्था वा व्यक्तिको पहलले मात्रै समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिदैन । समाजका हरेक तह र तप्काले यसको अन्त्यको लागि पहल गर्नुपर्छ ।’
कार्यक्रममा किशोरी अभियन्ता तिरिया महतोले आफ्नो अनुभव सुनाउँदै विद्यालय तहदेखि समुदायस्तरमा लैङ्गिक हिंसासम्बन्धी विभिन्न कार्यक्रमभर गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित ‘म हिंसा गर्दिन, गरेको पनि सहन्न र हिंसा गरेको थाहा पाएमा उजुरी गर्नेछु’ भन्नेमा सबैले प्रतिबद्धताका जनाएका छन् ।
कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान वडा र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८१ - ०९:३१
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिए...
फाल्गुन २७ गते, २०८१ - ०९:२०
काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दु...
फाल्गुन २७ गते, २०८१ - ०९:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ...
फाल्गुन २७ गते, २०८१ - ०९:१६
कति छ आजको तरकारी र फलफूलको थोक मूल्य ?
फाल्गुन २७ गते, २०८१ - ०९:०५
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र ...
फाल्गुन २७ गते, २०८१ - ०९:०२
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल जाने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल...
फाल्गुन २७ गते, २०८१ - ०८:५९
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैंकिक कसूर तथा सजाय (दोस्रो...
फाल्गुन २७ गते, २०८१ - ०८:१९
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल ...
फाल्गुन २७ गते, २०८१ - ०८:१९
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ...
फाल्गुन २७ गते, २०८१ - ०८:०९
काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ब...
प्रतिकृया लेख्नुहोस्: