Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

रूपन्देही सुपरलिगः ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

प्रकाश न्यौपाने

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्टार क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेकोे हो । बुधबारको खेलसँगै डिभिजन ‘बी’का सबै खेलहरु सकिएका छन् । डिभिजन ‘बी’बाट बुटवल राइनोजसँगै प्रोफेसनल मास्टर्स–११ ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अन्य टिम भने ‘बी’ डिभिजनमै रोकिएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय २७ रनको योगफल बनायो । उसका लागि सुरज सारुले अविजित ३७, अपर्ण तिमिल्सिनाले १८, विपिनविक्रम शाहीले १६ र सनित श्रेष्ठले १२ रन बनाए । बलिङमा स्टार क्रिकेटका क्रिविन श्रेष्ठले ३ तथा शुभम खनाल, निरज मौर्य र राहुल नाउले समान २–२ विकेट लिए ।

जावाफी ब्याटिङ गरेको स्टार क्रिकेट क्लब ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९४ रनमै अलआउट भयो । उसका लागि शुभम खनालले २०, राहुल नाउले १७, क्ररम खानले १२ र राहुल वली क्षेत्रीले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिम पराजित भई ‘ए’ डिभिजनमा उक्लिने सपना अधुरो रह्यो । उसलाई सस्तैमा रोक्न बुटवल राइनोजका शुभम घमालले ३, विपिनविक्रम शाही र सुप्रिम कँडेलले २–२ तथा सुरज सारु र शिव कुँवरले १–१ विकेट लिए । खेलमा बुटवल राइनोजका सुरज सारु प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी मध्ये १० टिम ‘बी’ डिभिजनमै रोकिँदा बाँकी १० टिम भने नेपाल सुपरलिगपछि आयोजना हुने ‘ए’ डिभिजनका खेलहरुमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटविहीन स्थानीय तहः मधेशमा चार महिनापछि पनि सरकारी योजना अलपत्र

काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...

नेपालको झण्डासहित मधेश भवनमा सात दलको धर्ना

काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...

दाङको नारेबाङ: शान्ति र हरियालीको अनुपम मेल

काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर  । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...

सुनको मूल्यमा ठूलो पहिरो : एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

कैलालीमा २० ग्रामभन्दा बढी खैरो हेरोइनसहित ९ जना पक्राउ

कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...

नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना

काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...

कोदोको बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending