काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ ।
नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटबार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा महत्वपूर्ण रहने भन्दै तीन बुँदे सहमति कार्यन्वयनमा पहल लिन सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।
यसैगरी, महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको हुनाले नेपाली कांग्रेसलाई बिशेष पहल लिन आग्रहसमेत गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउदै उक्त उत्पादनका कार्यलाई सरकारी तवरवाट बिशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताब समेत राखेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफु दृढ भएको बताउदै सरकारसंग छलफल गरेर यसलाई छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत बताएका थिए।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटवार्तामा सकारात्मक दृष्टिकोण र सहयोगी भावनाका साथ अघि बढ्ने बिषयमा समेत छलफल भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...



प्रतिकृया लेख्नुहोस्: