Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

खबरडबली संवाददाता

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक हुलाकी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको छ भने उनकी श्रीमती रामपरी यादव घाइते भएकी छन्।

प्रहरीका अनुसार विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी ५० वर्षीय वरिष्ठ सई यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो। उपचारकै क्रममा दिउँसो ४:१६ बजे उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनी चिमडी बजारतर्फ एक्स–रे सेवासम्बन्धी कामका लागि जाँदै गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending