Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी

खबरडबली संवाददाता

बेइजिङ । भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।” वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का सदस्य तथा एडमिरल मियाओविरुद्ध लगाइएको आरोपबारे थप जानकारी दिएनन् । 

मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत थिए । उनले चिनियाँ सैन्य आयोग (सीएमसी)को राजनीतिक कार्य विभागको नेतृत्व गरेका थिए । यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्वपूर्ण कार्यालय हो । 

एशिया सोसाइटीका वरिष्ठ फेलो लाइल मोरिसले मियाओलाई सीको ‘घनिष्ठ सहयोगी’ र सेना र पार्टीबीच ‘विश्वसनीय वार्ताकार’ का रुपमा वर्णन गरे । बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो ‘युद्ध तयारी’ लाई मजबुत बनाउन आदेश दिएका थिए । 

ब्लुमबर्गले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै भनेको छ, “सेनामा भ्रष्टाचार विरोधी अभियानको तीव्रता आंशिकरुपमा देखिएको छ र यसले भविष्यमा युद्ध गर्ने चीनको क्षमतामा असर पार्न सक्छ भन्ने डर उब्जिएको छ । एक विशेषज्ञले एएफपीसँग भने, “मियाओलाई हटाउँदा सीको कडा प्रयासका बावजुद पीएलएमा भ्रष्टाचार र अनुशासनका मुद्दाहरुको सहनशीलता प्रकट हुन्छ ।”

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भने, “मलाई लाग्छ, स्पष्ट प्रतिष्ठाको बावजुद खुला र सार्वजनिकरुपमा यी अनुसन्धानहरु अझै पनि भइरहेका छन् र यसले सीको भ्रष्टाचारलार्ई जरैदेखि उखेलेर फाल्ने सङ्कल्पलाई देखाउँछ । 

सोही ब्रिफिङमा वुले रक्षामन्त्री डोङ जुनलाई भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा राखिएको भन्ने समाचारको खण्डन गरे । वूले भने, “प्रश्नमा आएका रिपोर्टहरु विशुद्ध मनगढन्ते छन् ।” उनले भने, “अफवाह फैलाउनेहरु गलत मनसायबाट प्रेरित भएको देखिन्छ । यस्तो निन्दनीय व्यवहारप्रति चीनले आफ्नो कडा असन्तोष व्यक्त गरेको छ ।”

नौ सेनाका पूर्व कमाण्डर डोङलाई गत डिसेम्बरमा रक्षामन्त्रीमा नियुक्त गरिएको थियो भने सात महिनामै पूर्ववर्ती ली शाङफुलाई अचानक पदबाट हटाइएको थियो । लीलाई पछि घूस खोरीलगायत अपराधमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यसयता उनि सार्वजनिकरुपमा देखिएका छैनन् । 

उनका पूर्ववर्ती वेई फेङहेलाई पनि पार्टीबाट निस्काशित गरी भ्रष्टाचारको आरोपमा अभियोजकहरुलाई हस्तान्तरण गरिएको थियो । चीनको परम्परागत र आणविक क्षेप्यास्त्रको विशाल भण्डारको रेखदेख गर्ने चीनको गोप्य रकेट फोर्सको विशेष गरी गहन अनुसन्धान भइरहेको छ । 

गत जुलाईमा रकेट फोर्सका एक उच्च चिनियाँ अधिकारी सन जिनमिङलाई पार्टीबाट निकालियो र भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा ल्याइयो । चिनियाँ सेनाको अपेक्षाकृत नयाँ एकाइ रकेट फोर्ससँग सम्बन्धित कम्तीमा दुई अन्य उच्च पदस्थ अधिकारीहरुलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE