हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।
नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहका अनुसार, मङ्गलबारदेखि खराब मौसमले हवाई उडान प्रभावित भएका छन्। मङ्गलबार र बुधबार नेपाल एयरलाइन्सले उडान भर्ने कार्यतालिका तयार गरेको भएपनि मौसम प्रतिकुल हुँदा उडान हुन सकेको छैन। बिहीबार बिहानसम्म पनि वर्षा र हिमपात जारी रहँदा उडानको संभावना नरहेको उहाँले जानकारी दिए।
हवाई सेवा अवरुद्ध भएपछि सिमकोट–नेपालगन्ज मार्गका यात्रु प्रभावित भएका छन्। विशेषगरी अस्पतालले रिफर गरेका बिरामीहरू समस्या सामना गरिरहेका छन्। सिंहका अनुसार, मौसम प्रतिकुल हुनुका साथै नेपालगन्जमा निजी एयरका जहाजहरूको उपलब्धता नहुनुका कारण आगामी सोमबारसम्म पनि नियमित उडान हुन सक्ने संभावना न्यून छ। गत सोमबार मात्र नेपाल एयरलाइन्सको एउटा उडान सञ्चालन भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...


प्रतिकृया लेख्नुहोस्: