जनकपुरधाम। धनुषाको नगराईन नगरपालिकामा चालु आर्थिक वर्षको पाँचौ महिनासम्म पनि आर्थिक कारोबार सञ्चालन हुन सकेको छैन । नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबिच सहमति नहुँदा नगरसभा हुन सकेको छैन, जसकारण नगरपालिकाको आर्थिक कारेबार सञ्चालन हुन नसकेको हो ।
सभा नहुँदा नगरपालिकाका विभिन्न आर्थिक कारोबार तथा योजनाहरू कार्यान्वयनमा पनि अवरोध उत्पन्न भएको छ । जसले गर्दा सम्पन्न भएका कामको भुक्तानी सकेको छैन भने चालु आर्थिक वर्षको कुनैपनि योजना अगाडि बढ्न समेत सकेको छैन । गत वर्षको कार्यक्रमबाट सम्पन्न भएको सडक बत्ती जडानको काम सकिँदा पनि भुक्तानी हुन नसकेको नगराइनका नगरप्रमुख विनयकुमार यादवले बताए।
यसले नगरपालिकाको विकास क्रमलाई पछि धकेलेको छ भने पालिकाको काम समयमा हुन नसक्ने देखिएको प्रमुख यादवको भनाइ छ । पालिकाको आवश्यक सेवा प्रवाहमा समेत बाधा पुर्याएको उनले बताए।
गत असार १० गते बोलाइएको सभाको बैठकमा उपप्रमुख उपस्थित नहुनु, सभा सञ्चालका लागि सहमतिमा नआउँदा बजेट पास हुन नसकेको नगरप्रमुखको भनाइ छ । उनले भने, “कांग्रेसबाट निर्वाचित प्रमुख र एमालेबाट निर्वाचित उपप्रमुख भएका कारण विवाद भएको हो । यहाँ एमालेको बहुमत छ । त्यसकारण पनि सहमति हुन नसकेको हो ।”
यता, नगराईन नगरपालिकाका उपप्रमुख राधादेवी यादवले भने सभाका लागि कुनै जानकारी नगराएको बताएको छन् । उनले गत असार १० गतेको सभाबारे आफूलाई कुनै जानकारी नभएको बताउदै उनले भने, “नगरप्रमुखले आफू अनुकूल योजना चलाउन खोज्दा यस्तो भएको हो । सबैको हित र सहमति अनुसार सभा सञ्चालन गर्न सकिन्छ ।”
नगरपालिकाको आर्थिक कारोबार ठप्प हुँदा सामाजिक सुरक्षाकोषअन्तर्गतको रकम निकासा हुन सकेको छैन भने कर्मचारीहरुले समेत तलब पाउन सकेका छैनन् । यसरी प्रमुख र उपप्रमुखबिच विवाद हुँदा नगरसभा सञ्चालन हुन सकेको छैन । जसकारण कार्यपालिकाको कामकाजमा बाधा पुग्दा योजनाहरु समयमा सम्पन्न नहुने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...
जेष्ठ ३० गते, २०८३ - १३:०५
हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...



प्रतिकृया लेख्नुहोस्: