रौतहट । राैतहटकाे चर्चित बजार कटहरियामा निःशुल्क स्वास्थ्य शिविरमा सैयौं विरामीहरु घर बसीबसी उपचार सेवा पाएका छन् भने एकसय भन्दा बढी मानिसले रक्तदान गरेका छन्।
कटहरिया ४ का अध्यक्ष चन्दन कुशवाहाको अनुरोधमा नेशनल मेडिकल कलेज बिरगंज तथा ब्लड बैंकको पहलमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १३८ जनाले रक्तदान गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।
कटहरियामा सम्भवतः पहिलोचाेटी यति धेरै संख्यामा शिक्षक , विधार्थी, कर्मचारी समेतका मानिसहरूले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरूमा यूवा,जनप्रतिनिधि,कर्मचारी , शिक्षकप्रबुद्ध महिला,पुरूष व्यक्तिहरुको उलेख्य सहभागिता रहेको थियो।
१८४ बिरामीको स्वास्थ जाँच तथा निःशुल्क औषधी बितरण गरिएको थियो। साथै अन्य राेगबाट बिरामीहरू लाई पनि डाक्टरले आवश्यक सल्लाह सहित औषधी प्रदान गरिएको थियोे । निःशुल्क औषधी बितरणका लागि नेशनल मेडिकल संगै कटहरिया स्थित औषधी ब्यवसायी, जितेन्द्र साह, हरिश्चन्द्र कुशवाहा,राजु कुमार भास्कर,केपी यादव,सोनेलाल गुप्ता, उमेश यादव,सागिर अहमद र कृष्णनन्दन कुमार साह लगायतले निःशुल्क औषधी सहयोग गरेका थिए। रक्तदाताहरु लाई सम्मानका लागि प्रमाणपत्र संगै गमछा ओढाएर आयोजकले कदरपत्र प्रदान गरेका थिए।
रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो,३ का अध्यक्ष श्यामाकान्त यादव , ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंह,लगायतको सहभागिता रहेको थियो ।
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगंजका डाक्टर आलोक कुमार सिंह, डाक्टर निरज सापकोटा, बालरोग विशेषज्ञ मनोज गुप्ता, डाक्टर दीपेन्द्र गुरुङ, चर्मरोग विशेषज्ञ डाक्टर स्वाती साह, डाक्टर सौरभ सिंह, पैथोलोजिस्ट डाक्टर सञ्जय कुमार साह, सीमान्त शर्मा पौडेल वल्ड बैंक ल्याब ईन्चार्ज, कृष्ण बिनय निराला संयोजक नर्सिङ प्रमुख विकास कुमार गुप्ता लगायत ३० जान डाक्टरकाे सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: