Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नि:शुल्क शिविरमा सयौंले लिए सुबिधा

खबरडबली संवाददाता

रौतहट । राैतहटकाे चर्चित बजार कटहरियामा निःशुल्क स्वास्थ्य शिविरमा सैयौं विरामीहरु घर बसीबसी उपचार सेवा पाएका छन् भने एकसय भन्दा बढी मानिसले रक्तदान गरेका छन्।

कटहरिया ४ का  अध्यक्ष  चन्दन कुशवाहाको अनुरोधमा नेशनल मेडिकल कलेज बिरगंज तथा ब्लड बैंकको पहलमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न  भएको हो । कार्यक्रममा १३८ जनाले रक्तदान गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।

कटहरियामा सम्भवतः पहिलोचाेटी यति धेरै संख्यामा शिक्षक , विधार्थी, कर्मचारी समेतका मानिसहरूले रक्तदान गरेका हुन् ।  रक्तदान गर्नेहरूमा यूवा,जनप्रतिनिधि,कर्मचारी , शिक्षकप्रबुद्ध महिला,पुरूष व्यक्तिहरुको उलेख्य सहभागिता रहेको थियो।

१८४ बिरामीको स्वास्थ जाँच तथा निःशुल्क औषधी बितरण गरिएको थियो। साथै अन्य राेगबाट बिरामीहरू लाई पनि डाक्टरले आवश्यक सल्लाह सहित औषधी प्रदान गरिएको थियोे ।  निःशुल्क औषधी बितरणका लागि नेशनल मेडिकल संगै कटहरिया स्थित औषधी ब्यवसायी, जितेन्द्र साह, हरिश्चन्द्र कुशवाहा,राजु कुमार भास्कर,केपी यादव,सोनेलाल गुप्ता,  उमेश यादव,सागिर अहमद र कृष्णनन्दन कुमार साह लगायतले निःशुल्क औषधी सहयोग गरेका थिए। रक्तदाताहरु लाई सम्मानका लागि प्रमाणपत्र संगै गमछा ओढाएर आयोजकले कदरपत्र प्रदान गरेका थिए।

रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया १ का  वडा अध्यक्ष भूपेन्द्र महतो,३ का अध्यक्ष श्यामाकान्त यादव , ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंह,लगायतको सहभागिता रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगंजका डाक्टर आलोक कुमार सिंह, डाक्टर निरज सापकोटा, बालरोग विशेषज्ञ मनोज गुप्ता, डाक्टर दीपेन्द्र गुरुङ, चर्मरोग  विशेषज्ञ डाक्टर स्वाती साह, डाक्टर सौरभ सिंह, पैथोलोजिस्ट डाक्टर सञ्जय कुमार साह, सीमान्त शर्मा पौडेल वल्ड बैंक ल्याब ईन्चार्ज, कृष्ण बिनय निराला संयोजक नर्सिङ प्रमुख विकास कुमार गुप्ता लगायत ३० जान डाक्टरकाे सहभागिता रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending