Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

हेटौँडा-१२ मा मतदान जारी, १७ सय बढी मत खस्यो

खबरडबली संवाददाता

हेटौँडा। स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्ष पदको लागि आज आइतबार भईरहेको मतदानमा १७ सयभन्दा बढी मतदाताले मतदान गरेका छन् । हेटौँडा वडा नं. १२ मा रहेको दुई वटा मतदानस्थलका मतदान केन्द्रहरुमा गरी एक हजार ७६८ जना मतदाताले मतदान गरेका हुन् ।

बिहान ७ बजेबाट सुरुभएको मतदान कार्य शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा रहेको मतदान स्थलमा एक हजार २४ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान स्थलका मतदान केन्द्रहरुमा ७५४ मतदाताले मतदान गरेको जानकारी दिए। उनले वडाका सबै मतदान केन्द्रहरुका मतदान कार्य शान्तिपूर्ण रुपमा चलिरहेको समेत बताए। 

मतदानलाई व्यवस्थितसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा सुरक्षामा कडाई गरिएको छ । मतदानलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवार र दलका प्रतिनिधि एवं स्वयंसेवक खटिएका छन् । ज्येष्ठ नागरिक र सशक्तहरुका लागि मतदान गर्न सहज व्यवस्था गरिएको छ ।

वडा नं। १२ मा वडाध्यक्ष पदको लागि हुने निर्वाचनका लागि प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् । वडा नं. १२ को दुई मतदान स्थलमा प्रति मतदान केन्द्र स्थानीय स्वयंसेवक एक जना र पाँच जना कर्मचारीसहित छ जना ५४ जना खटिएका छन् । 

आठ हजार ५३ मतदाता रहेको वडा नं. १२ को सिक्रेनीस्थित प्रतिभा मावि मतदान स्थलमा चार हजार ४२८ जना तथा विष्णुज्योति आधारभूत विद्यालय मतदान स्थलमा तीन हजार ६२५ जना मतदाता रहेका छन् । वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...

आज साँझ एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतक...

विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत का...

घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत का...

प्रतिनिधिसभा सरकारको कठपुतली होइन: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ। ...

विद्यार्थी संगठनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अने...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending