टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ।
यस हप्ता चीनको भ्रमणमा जान लागेका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवत: इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ।
उनले भने, “मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’ को प्रतिक्रिया पढेको छु। मलाई यो मन परेन । यो पूर्ण रूपमा अस्वीकार्य छ।”
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेको छ, “हामी शत्रुसामु कहिल्यै झुक्दैनौं र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।”
“अमेरिकी राष्ट्रपति ट्रम्पले यी प्रतिमागहरूलाई तत्काल अस्वीकार गर्नुले दुवै पक्षबीचको फराकिलो खाडललाई दर्शाउँछ र यसले तनावलाई तीव्र गतिमा कम गर्नुको सट्टा दीर्घकालीन अनिश्चितताको जोखिमतर्फ लाने सङ्केत गर्दछ,” जापानी बैङ्क एमयुएफजीका लोयड चानले भने।
“तेल बजारका लागि, यसले निरन्तर भू–राजनीतिक जोखिमको सम्भावनाको सङ्केत गर्दछ किनकि अब हर्मुजमा अवरोधहरू बढ्दै जानेछन्,” चानले थपे।
जापनस्थित इन्धन बजार विश्लेषकहरूले भनेका छन्, “अमेरिकी राष्ट्रपतिको भनाइ सार्वजनिक भएसँगै निक्केई ०।४ प्रतिशत र ह्याङ सेङ ०।३४ प्रतिशतले घटेको थियो तर सियोलको कोप्सी चार प्रतिशतले बढेको थियो ।”
टोकियोमा विशाल जापानी गेमिङ कम्पनीले शुक्रबार यस वर्ष कम नाफा कमाउने चेतावनी दिएपछि निन्टेन्डोको सेयरमा लगभग १० प्रतिशतले गिरावट आएको छ ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि तयारी गर्न चीन जानुअघि जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
जापानमा बेसेन्टले मङ्गलबार प्रधानमन्त्री साने ताकाइचीलाई भेट्ने तयारी गरेको छन्। टोकियोले येनलाई सहयोग गर्न हालै बजार हस्तक्षेपको रिपोर्ट गरेको छ।
सोलमा उनले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने बताएको छ । “आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षा हो,“ बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेको छन्।
वासिङ्टन र बेइजिङले एक वर्षअघि एक अर्काको निर्यातमा व्यापक करवृद्धि गरेका थिए भने ट्रम्प र सीबीच अक्टोबरमा दक्षिण कोरियामा एक वर्ष लामो व्यापार युद्धविरामका लागि सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: