काठमाडौं। नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘नेपाल र चीनविचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छँ उनले भने ।
“खासगरी द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीन बीचमा ९ वटा महत्त्वपूर्ण सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ,” चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने । उनका अनुसार टोखा–छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, ९ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल रहेको छ ।
साथै, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र तथा नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भयो । यो वार्तामा द्विपक्षीय हितका विविध पक्षमा विस्तृत रूपमा छलफल भएको छ,’ समझदारी र सम्झौता पछि प्रवक्ता ढकालले बेइजिङमा सञ्चारकर्मीसँग भने ।
द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।
‘द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः
-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी
-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान
-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास निर्माणसम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान
-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी
-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...




प्रतिकृया लेख्नुहोस्: