काठमाडौं । नेपाली कांग्रेसले सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने गरी गरिएको कानुनी व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा गरिएको प्रावधानप्रति कांग्रेसले आपत्ति जनाएको हो।
नियम २५९ अनुसार “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुने” व्यवस्था गरिएको छ। साथै, यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारका रूपमा रहने उल्लेख गरिएको छ।
यस प्रावधानले अन्य कानुन, जस्तै भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन, सांसदका हकमा लागू नहुने जस्तो अर्थ दिने भन्दै आलोचना भएको छ। विपक्षी दलहरूले यसलाई सांसदलाई कानुनी दायराबाट उन्मुक्ति दिने प्रयासका रूपमा व्याख्या गरेका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै कांग्रेसका सचेतक निश्कल राई ले यस्तो व्यवस्था किन आवश्यक परेको हो भन्ने प्रश्न उठाए। उनले भने, “भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किनरु”
उनका अनुसार प्रस्तावित नियम २५९ भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनसँग समेत बाझिने देखिन्छ। उनले थप प्रश्न गर्दै भने, “संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने गरी हामी यति माथि कसरी हुन सक्छौं ?”
त्यसैगरी उनले सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था अघि बढाउन खोजेको भन्दै पनि आलोचना गरे। उनका अनुसार ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिमा निर्णय हुन सक्ने र बराबरी भए प्रधानमन्त्रीको पक्ष निर्णायक हुने व्यवस्था स्वीकार्य हुन नसक्ने बताए।
कांग्रेसले समग्र रूपमा प्रस्तावित नियमावलीका केही प्रावधानले विधिको शासन र समान कानुनी व्यवहारको सिद्धान्त कमजोर पार्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: