Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

लुम्बिनी महोत्सवमा बुद्धस्थल भ्रमणका लागि टूर प्याकेज

खबरडबली संवाददाता

भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी टूर प्याकेज घोषणा गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अंचलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुँदैछ । संघले मेला भर्न आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी टूर प्याकेज ल्याएको हो ।

प्याकेजमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम लगायत बुद्धस्थलसँग सम्बन्धित क्षेत्र समेटिएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको जनाए । ‘यसले मेला भर्न आउने दर्शकलाई उत्साह थप्ने हामीले विश्वास गरेका छौं’, उनले भने, ‘ट्राभल एजेन्सीहरुसँग सहकार्य गरी प्याकेज बनाइएको हो ।’

आयोजकका अनुसार टूर प्याकेजमा भारतीय र तेस्रो मुलुकका पर्यटकलाई बढी केन्द्रित गरिएको छ । टूर प्याकेज सामान्य अवस्थामा भन्दा ३०–४० प्रतिशतसम्म सस्तो हुनेछ । महोत्सवमा टिकट काटेका आधारमा छुट सुविधा दिइने अध्यक्ष श्रेष्ठले बताए । बेलहिया मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । यहाँबाट मुलुक प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकलाई मेलास्थलसम्म ल्याएर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य आयोजकको छ ।

‘महोत्सव अवधिमा बेलहियाबाट मुलुक भित्रिने पर्यटक मेला स्थलमा आएर टिकट काटेर अवलोकन गरेमा कम्तिमा हाम्रो उत्पादनको अन्तर्राष्ट्रियरुपमा बजारीकरण हुन्छ भन्ने विश्वास छ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसैले टूर प्याकेजमा टिकट अनिवार्य गरिएको हो ।’ समूहमा आउने पर्यटकलाई टूर प्याकेजमा विशेष छुट समेत दिइने छ ।

टूर प्याकेजले महोत्सव र बुद्धसँग सम्बन्धित स्थलहरुको थप प्रचारप्रसार र प्रबद्र्धन हुने विश्वास लिइएको छ । ‘टूर प्याकेज लिन कति आउनुहुन्छ अहिल्यै भन्न सकिँदैन तर महोत्सवमा आएर प्याकेज लिएर घुम्दा पर्यटक र हामी सबैलाई फाइदा हुन्छ’, उनले भने, ‘यसैले हामीले केही ट्राभल एजेन्सीहरुलाई प्याकेजबारे प्रचारप्रसार गर्न अनुरोध गरेका छौं ।’

आयोजकले तेस्रो मुलुक र भारतीय पर्यटकले प्याकेज बढी मात्रामा लिने विश्वास गरेका छन् । प्याकेज पर्यटकले भनेअनुसार समयावधिको हुने जनाइएको छ । महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं संघका सचिव मंगल भण्डारीले भारतीय र तेस्रो मुलुकका पर्यटकले बुद्धस्थलसँग सम्बन्धित स्थलहरु बढीमात्रामा घुम्न खोज्ने भएकाले टूर प्याकेज धेरै विक्री हुने अनुमान गरिएको जनाए ।

उनका अनुसार महोत्सवबारे नजिकका भारतीय बजारहरुमा प्रचारप्रसार गरिएको छ । यसका साथै भारतीय विभिन्न एजेन्सी र व्यापारीहरुमार्फत् विभिन्न सहरहरुमा महोत्सव र टूर प्याकेजबारे जानकारी गराइएको छ । मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने र राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने भएकाले विदेशी पर्यटकले यहाँ आएर आनन्द लिने तथा विभिन्न परिकारको स्वाद चाख्ने विश्वास भण्डारीले गरे ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending