Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

प्रधानमन्त्री ओली फर्केको १५ दिन लगतै भुटानका राजा पनि दिल्ली जाँदै

खबरडबली संवाददाता

थिम्पु । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक बिहीबार नयाँ दिल्ली पुग्दैछन् ।

भ्रमणका क्रममा वाङचुकले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । साथै, बिदेश मन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम तय भएको छ ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे १५ दिनअघि मात्र नयाँ दिल्ली पुगेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री मोदीले भुटानलाई भारतको विशेष मित्र भनेका थिए ।

यसैबीच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले गत महिना भुटानको राजधानी थिम्पुको भ्रमण गरेका थिए 
 ।
वास्तवमा सन् १९४९ मा भारत र भुटानबीच भएको विशेष सम्झौताका कारण छिमेकी राष्ट्र भारतसँग परामर्श नगरी आफ्नो परराष्ट्र र रक्षा नीतिमा अगाडि बढ्न भुटानले अझै पनि सक्दैन् । तर, चीन भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न चाहन्छ । त्यसका लागि भुटानले बिशेष सहमतिले बाँधिएको भारतको अनुमति लिन खोजिरहेको छ ।

हालसम्म पनि भुटान र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध नहुनुको कारण यही रहेको छ ।चीनले भुटानसँगको सीमा विवादलाई जतिसक्दो चाँडो समाधान गर्न चाहन्छ । यस विषयमा दुई देशबीच पटकपटक वार्ता भइसकेको छ तर यो सम्पूर्ण अभ्यासमा भारतको भूमिका निकै महत्वपूर्ण छ ।

चीन र भुटानबीचको सीमा विवादको प्रत्यक्ष असर भारतलाई परेको छ । अन्तराष्ट्रिय सिमानामा धेरै ठाउँहरू यस्ता पनि छन् कि जुन त्रिभुज भित्र रहेका छन र त केही ठाउँमा तीनवटै देशको सिमाना रहेको छ । यस्तो अवस्थामा सम्पूर्ण क्षेत्र संवेदनशील बन्दै गएको छ ।

यस्तै विवाद सन २०१७ मा डोकलामको थियो। चीनले डोकलामको त्रिजंक्शन क्षेत्रमा सडक निर्माणको काम सुरु गरेको थियो । यसलाई रोक्न भारतीय सेना त्यहाँ पुग्यो र लामो समयसम्म भिडन्तको स्थिति जारी रह्यो ।

तर अहिले भारत– चीनबीचको विवादित क्षेत्र एलएसीबाट सेना फिर्ता गर्ने घोषणाले यस सम्पूर्ण क्षेत्रमा सीमा विवाद समाधान हुने ठूलो आशा जगाएको छ ।  यसै सन्दर्भमा चीन र भुटानबीच पनि सीमा विवाद छ । तर, भारतको सहमतिबिना भुटानले यस दिशामा कुनै कदम चाल्न सक्दैन । जसका कारण थिम्पुवाट राजा र प्रधानमन्त्रीको भारत भ्रमण भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending