Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

जो फेसबुकमै चिनजान र प्रेमपछि नांगिए, सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन।

यसै सन्दर्भमा तीन वटा फेसबुक चिनजान, प्रेम, तस्बिर-भिडिओ आदानप्रदान र चरित्र हत्याका प्रकरण सार्वजनिक भएका छन्।

प्रहरीले यस कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका घर भएका ३९ वर्षीय बिहानीबहादुर अधिकारी रहेका छन्।

साइबर ब्युरोको टोलीले उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाएको छ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालका अनुसार अधिकारीले एक युवतीलाई फेसबुकमा चिनजान गरेका थिए। कुराकानी हुने क्रममा उनीहरूको प्रेम नै पर्‍यो। त्यसपछि त दुबै नांगिन थालिहाले। तस्बिरहरू आदान-प्रदान हुन थाल्यो। अधिकारीले त्यस्ता तस्बिर सुरक्षित तरिकाले राखे।

विस्तारै सम्बन्धमा खटपट सुरू भएपछि अधिकारीलाई रिस उठ्यो। उनले युवतीका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउन थाले ।

अधिकारीले यस्तो हैरानी दिएपछि युवती प्रहरीमा उजुरी गर्न पुगेकी थिइन् । अर्को घटामा भरतपुर महानगरपालिका वडा नम्बर १२ का ३७ वर्षीय रुपक शर्मा पौडेललाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक ढकालका अनुसार उनको धन्दा पनि अधिकारीको जस्तै हो। एक युवतीलाई उनले सामाजिक सञ्जाल फेसबुकमा चिनजान गरे।

त्यसपछि उनीहरू दुबै पनि नांगा तस्बिर आदान-प्रदान गर्न थाले। खटपट सुरू भएपछि पौडेलले त्यस्ता तस्बिर ह्वाट्सएप ग्रुपमा पठाउन थाले। बेइज्जती सहन नसकेर युवती प्रहरीमा पुगिन् ।

अर्को घटनामा सप्तरी बोदेबरसाइन नगरपालिका वडा नम्बर ६ फुल्काई घर भएका २४ वर्षीय जगदीशप्रसाद यादव पक्राउ परेका छन्। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए। कतारबाट फर्किरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक ढकालका अनुसार यादवले फेसबुकमा एउटी युवतीसँग चिनजान गरेका थिए। केही समयमै दुबै जना निकट भइहाले। अनि सुरू भयो - नग्न हर्कत। सम्बन्धमा रहँदा खिचेका अश्लील तस्बिर र भिडिओ यादवले जतन गरेका थिए।

सम्बन्धमा खटपट आएपछि यादवले युवतीका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउन थाले। चरित्र हत्या भएर हैरान भएपछि युवती प्रहरीमा पुगिन्।

यादवलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

‘फेसबुकमै चिनजानपछिको सम्पर्कले युवतीहरूलाई हैरानी मात्रै दिएको छैन, चरित्र हत्या भएर सामाजिक रूपमा उपस्थित हुनसमेत डराउनुपर्ने स्थिति सिर्जना भएको छ,’ खतिवडाले भने, ‘यी घटनाले सामाजिक सञ्जालमा चिनजान भएर त्यहीँ अश्लील गतिविधि गर्दा नकारात्मक परिणाम भोग्नुपर्ने देखाएको छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending