Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

दक्षिण कोरियाको सत्तारुढ दलद्वारा युनको राजीनामा माग

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उनलाई पदबाट हटाउनु उचित भएको बताएका छन् । 

युनको पिपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनको आश्चर्यजनक टिप्पणीले शनिबार राष्ट्रपतिलाई महाभियोग लगाउन पर्याप्त सांसदहरूले मतदान गर्ने लगभग सुनिश्चितता गरेको छ 
 । हानले बिहीबार महाभियोगलाई रोक्ने बताका थिए । पार्टीका अर्का एक नेताले भने शनिबारको मतदानमा युनलाई समर्थन गर्न पीपीपीका सबै १०८ सदस्य एकजुट हुने बताएका छन् । 

युनले मङ्गलबार राति सैनिक शासन (मार्शल ल) को घोषणा गरेर केही गलत गरेको स्वीकार गर्न इन्कार गरेका कारण शुक्रबार आफ्नो अडान परिवर्तन भएको हानले बताए । हानले भने, “नयाँ तथ्यलाई ध्यानमा राख्दै गणतन्त्र कोरिया र त्यहाँका जनताको रक्षाका लागि राष्ट्रपति युन सुक योल जिम्मेवारीबाट शीघ्र निलम्बन हुन आवश्यक छ ।”

हानले भने, “युनले ‘गैरकानुनी रूपमा हस्तक्षेप गर्ने’ सैन्य अधिकारीविरुद्ध कुनै कारबाही गर्नुभएको छैन र उनले यो कदम गलत थियो भनेर स्वीकार गर्न अझै आनाकानी गरिरेका छन् । त्यसैले, यदि राष्ट्रपति यूनले राष्ट्रपतिको पद धारण गरिरहेकाे भने दक्षिण कोरिया र यहाँका जनताका लागि गम्भीर जोखिम छ । वर्तमान सङ्कटकालीन अवस्था जस्तै चरम कार्यहरू दोहोरिन सक्छ ।”

युनले मङ्गलबार अबेरसम्म नागरिक शासनलाई निलम्बित गर्दै संसदमा सेना तैनाथ गरेको थियो । विपक्षीहरूको विरोधका कारण केही घण्टामा नै उनले आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुनुपरेको थियो । दक्षिण कोरियाको ३०० सदस्यीय विधायिकामा विपक्षीको बहुमत छ र महाभियोगका लागि आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न पीपीपीबाट केही सांसदले दलबदल गर्नु आवश्यक छ । रियलमिटरले बिहीबार सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार राजधानीका ७३.६ प्रतिशत उत्तरदाताले महाभियोगको समर्थन गरेका छन् । 

राष्ट्रपतिको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारीले बिहीबार साँझ मध्य सियोल र संसद भवन नजिकै प्रदर्शन जारी राखेका छन् । महाभियोग प्रस्ताव पारित भएमा संवैधानिक अदालतको फैसला नआउन्जेलसम्म युनलाई निलम्बन गरिनेछ । यदि न्यायाधीशहरूले सहमति दिएमा युनलाई महाभियोग लगाइनेछ र ६० दिनभित्र नयाँ निर्वाचन हुनुपर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending