जेनेभा । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा पत्रकारहरूसँग भने, “नोभेम्बर २७ देखि अहिलेसम्म दुई लाख ८० हजार विस्थापित भएको हामीलाई जानकारी प्राप्त भएको छ । दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूससहितका लडाकु विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा ‘विद्रोहीका सवारी साधन र भेला’ लाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
“हाम्रो सशस्त्र बलले हामा प्रान्तको उत्तर र दक्षिणमा रहेका विद्रोहीका सवारी साधन र भेलालाई तोपखाना, क्षेप्यास्त्र र सिरियाली–रूसी लडाकू विमानको प्रयोग गरी निशाना बनाइरहेको छ,” सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, लेबनानको राजधानी बेरुतबाट प्राप्त जानकारी अनुसार इस्लामवादी नेतृत्वको विद्रोहीले शुक्रबार सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक सहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।
राइट्सका प्रमुख रामी अब्देल रहमानले भने, “हयात तहरीर अल–शाम र सहयोगी समूहहरू रास्तान र ताल्बिसेहलाई कब्जा गरेपछि होम्स शहरको बाहिरी इलाकाबाट पाँच किलोमिटर टाढा पुगेका छन् । उनले होम्सलाई नियन्त्रण गर्नाले विद्रोहीहरूले सिरियाली तटतर्फ जाने मुख्य सडक काट्न सक्ने बताएका छन् ।
सरकारबाट दोस्रो शहर अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामिक समूह एचटीएस र सहयोगी लडाकुहरूले बिहीबार कब्जा गरेको हामाको दक्षिणमा होम्स छ । विद्रोही सैन्य कमाण्डर हसन अब्देल घानीले शुक्रबार टेलिग्राममा एक वक्तव्य जारी गर्दै भने, “हाम्रो सेना होम्स शहरतर्फ निरन्तर अघि बढिरहेको छ ।
मार्च २०११ मा सिरियाको विद्रोह सुरु भएपछि शहरमा व्यापक विरोध प्रदर्शन भएका कारण होम्सलाई कुनै समय ‘क्रान्तिको राजधानी’ भनिएको थियो । द्वन्द्वको प्रारम्भिक वर्षहरूमा, होम्सले विपक्षी गुटहरू र सिरियाली सेनाबीच भीषण युद्धको मार खेपेका थिए । सन् २०१७ को मार्च र मे महिनाको बीचमा होम्सको विद्रोहीको कब्जामा रहेको अन्तिम किल्ला वेरबाट युद्धविराम सहमति अनुरूप हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: