तेहरान । इरानले शुक्रबार आफ्नो सबैभन्दा भारी अन्तरिक्ष ‘पेलोड’ (एक उपग्रह र एउटा अन्तरिक्ष यान) लाई स्वदेशमा विकसित रकेटको प्रयोग गरी सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार ३०० किलोग्राम तौल भएको उक्त पेलोडमा फखर–१ दूरसञ्चार उपग्रह र समन–१ अन्तरिक्ष यान रहेको छ । इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको ‘समन–१’ एक ‘कक्षीय प्रसारण प्रणाली’ हो, जुन तल्लो कक्षबाट माथिल्लो कक्षमा उपग्रहहरू पुर्याउनका लागि डिजाइन गरिएको हो ।
“यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,” टिभी रिपोर्टमा भनिएको छ । यो प्रणाली पहिलो पटक सन् २०१७ को फेब्रुअरी मा इरानका तत्कालीन राष्ट्रपति हसन रुहानीको उपस्थितिमा सुरु गरिएको थियो र सन् २०२२ मा परीक्षण सुरु गरिएको थियो ।
पेलोडहरू सेम्नान प्रान्तको इमाम खोमेनी प्रक्षेपण आधारबाट घरेलु सिमोर्ग उपग्रह वाहक प्रयोग गरेर प्रक्षेपण गरिएको हो । एक पौराणिक इरानी चराको नामबाट नामकरण गरिएको सिमोर्ग इरानको रक्षा मन्त्रालयले विकास गरेको तरल–ईन्धन उपग्रह प्रक्षेपण वाहन हो ।
गत सेप्टेम्बरमा इरानले रिभोल्युसनरी गार्ड्सको एयरोस्पेस डिभिजनले उत्पादन गरेको गायम यानको प्रयोग गरेर चाम्रान–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक कक्षमा स्थापित गरेको बताएको थियो । गत महिना रुसले इरानले निर्माण गरेका दुई उपग्रह कोस्वार र होधोदसहित ५५ वटा भूउपग्रह प्रक्षेपण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: