बैतडी । सांस्कृतिक कुरीति हटाउन यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् । बनारसीधामका पुजारी एवं धार्मिक अगुवा ज्योतिष पं। गणेशप्रसाद पन्तले शुक्रबार दशरथचन्द नगरपालिकाका गोविन्द परियारको घरको विधिवत् पूजापाठ गरी घरको शिलान्यास गरे।
लामो समयदेखि काठमाडौँ बस्दै आएका अधिवक्तासमेत रहेका पूर्व प्रहरी उपरीक्षक गोविन्द परियारले समाजमा बिस्तारै जातीय विभेद हट्न थालेपछि गाउँ फर्केर घर निर्माण गरेको बताए। दशरथचन्द नगरपालिका–८, त्रिपुरा पुर्ख्यौली घर भएका परियार नेपाल प्रहरीको उच्च पदमा पुग्ने सुदूरपश्चिमको पहिलो दलित समेत छन् ।
स्नातकोत्तर र कानुन विषयमा एलएलबी अध्ययन गर्नुभएका परियार सेवा निवृत्तपछि कानुन व्यवसायीका रूपमा काम गर्दै आउनु भएको छ । परियारको घरको विधिवत् शिलान्यासपछि ज्योतिष पं। गणेशप्रसाद पन्तले शुक्रबारको पूजासहित अहिलेसम्म १२४ जना दलितको घरमा कर्मकाण्ड गरिसकेको बताए ।
सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईलाई समेत जनैधारण गराइसकेको ज्योतिष पं। पन्तले बताए। शुक्रबार दशरथ चन्द नगरपालिकाको दलित बस्तीमा पुग्दा पं। पन्तलाई स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए ।
घरको शिलान्यासपछि अधिवक्ता गोविन्द परियारले राज्यको उच्च ओहोदामा पुगेर पनि समाजमा जातीय विभेद खेप्नु पर्दा पुर्ख्यौली घर छाडेर जिल्ला बाहिर बस्नु परेको पीडा सुनाए। आजबाट यो पीडाको अन्त्य गरेर धार्मिक गुरुबाट नयाँ कामको थालनी हुँदा खुसी भएको परियारले बताए।
उनले भने, “मानिस सामाजिक प्राणी हो । समाजमा सम्मान र समानता छैन भने धन, सम्पत्ति, घर, गाडीजस्ता कुराले खुसी दिन सक्दैन । आफ्नो माटो र समाजमा फर्किन पाउँदा असाध्यै खुसी छु ।”
दशरथ चन्द नगरपालिकामा बसाइसराइका कारण गाउँबस्ती रित्तिँदै गइरहेका बेला गोविन्द परियारजस्तो उच्चपदस्थ व्यक्ति गाउँ फर्केर घर बनाउनु समाजका लागि निकै ठुलो उपलब्धि भएको स्थानीय सामाजिक अगुवा एवं पूर्व वडा सदस्य किसनसिंह गुरु क्षेत्रीले बताए ।
धर्म, संस्कृति, परम्परा समयसापेक्ष परिवर्तन र अनुकूलन हुँदै जानुपर्छ भन्ने कुरामा धार्मिक गुरु नै अग्रसर हुन थालेपछि परिवर्तनको सुरुवात भएको उनले बताए।
पाटन नगरपालिका–८, खोडपे, बैतडी निवासी ज्योतिष पण्डित पन्तले धार्मिक कुरीति हटाउन अहिलेसम्म २२ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक गरिसकेको बताए ।
उनले, धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय, लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा एकजुट भएर लाग्नुपर्ने स्पष्ट पारे। कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले पनि हटाउनुपर्नेमा उनले जोड दिए।
उनले भने, “सुदूरपश्चिमका सबै जिल्लामा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारान, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै आइरहेको छु ।”
पन्तले थप्दै भने, “सन्या पूजामा अथर्व वेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुईँमा पानी खसाल्ने गलत काम भइरहेको छ । अथर्व वेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनायो । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ, तर त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद गरिरहेका छौँ । यस्ता कुरीति हटाउनु पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएको आधारमा पार्टीभित्र कसैलाई पनि काखा–पाखा नगरिने बताएका छन्। क...
बैशाख ३१ गते, २०८३ - १५:३१
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...
बैशाख ३१ गते, २०८३ - १५:१६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...
बैशाख ३१ गते, २०८३ - १५:०३
काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...
बैशाख ३१ गते, २०८३ - १४:२८
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...
बैशाख ३१ गते, २०८३ - १४:१८
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...
बैशाख ३१ गते, २०८३ - १४:००
गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...
बैशाख ३१ गते, २०८३ - १३:३२
काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...
बैशाख ३१ गते, २०८३ - १३:२०
काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...
बैशाख ३१ गते, २०८३ - १३:०९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...



प्रतिकृया लेख्नुहोस्: