Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कांग्रेसले हडबढाएर संशोधन गर्दैन्: गगन थापा

खबरडबली संवाददाता

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

कोशी प्रदेश समितिले शनिबार विराटनगरमा आयोजना गरेको प्रथम सम्मेलनमा महामन्त्री थापाले नयाँ र पुरानो संविधानको प्रतिफलको बृहत् समीक्षा देशभरि चलाउँदै गणतन्त्र संघीयता र समानुपतिक व्यवस्थाका लागि आवश्यक विषयमा मात्रै संविधान संशोधन गर्ने कांग्रेसले तयारी गरिरहेको बताए । 

थापाले संविधान संशोधनबारे पार्टी सचिवालय केन्द्रीय कमिटीमा छलफल भैसकेको र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदलसमेत बनिसकेकोले पार्टीभित्र बृहत् छलफल भएपछि सभापति शेरबहादुर देउवाकै नेतृत्व कालमा संविधान संशोधन हुने बताए । 

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म संसदीय व्यवस्थामा कुनै पनि पार्टीले पाँच वर्ष पूरा कार्यकाल शासन गर्न नपाउने र राजनीतिक स्थिरता पनि नहुने भएकोले संविधान संशोधन आवश्यक भएको बताए । उनले भने, ‘कांग्रेस बिगार्ने हैन सपार्ने पार्टी हो । यसैले कसैले उत्तेजनामा संशोधन प्रस्ताव ल्यायो भन्दैमा कांग्रेस हडबढाएर संशोधन गर्दैन । बृहत् समीक्षा गरेर मात्र आवश्यक संशोधन गर्नेछ ।’

थापाले कांग्रेसले पहिले कांग्रेसको विधान संशोधन गर्ने अनि मात्र समयमै पार्टीको १५औँ महाधिवेशन गर्ने बताए । यसैले पार्टी केन्द्रीय समितिले समयमै पार्टीको क्रियाशील सदस्यता नवीकरण गराउन सबै तहमा परिपत्र गरिसकेको, तर आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्त कतैबाट पनि नवीकरण नभएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending