Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१४ रक्सहवास्थित सडकमा ना.२ ह २४३४ नम्बरको अटो रिक्साबाट खसेर अटोमा सवार सोही नगरपालिका-१७ पटखौली बस्ने ५२ वर्षीय भोनु प्रसाद केवटको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा ज.११ प ६८५६ नम्बरको मोटरसाइकल र स.८ प ३४७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा स.८ प ३४७७ नम्बरको मोटरसाइकल चालक सबैला नगरपालिका-२ बस्ने ५५ वर्षीय नारायण प्रसाद साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स.८ प ३४७७ नम्बरको मोटरसाइकलमा सवार नारायण प्रसादको श्रीमतीको रामा अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ज.११ प ६८५६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा हाल नम्बरको नखुलेको गाडीले ज.२ प ७९९२ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी औरही नगरपालिका-५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको त्रिदेव अस्पताल रानिगंजमा उपचार भइरहेको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 
सुनसरी, ईनरूवा नगरपालिका-६ भोटेपुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीय अमर बहादुर अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्से आर्मी ब्यारेक अगाडि सडकमा बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र-०१-००६ ख ५८७१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ चपन बस्ने ५० वर्षीय परनशेर राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ गुलरीस्थित सडकमा लु.२ ख २३१ नम्बरको बस, बा.१४ च ७४४८ नम्बरको कार र लु.३८ प ९१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा बा.१४ च ७४४८ नम्बरको कारमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कारका चालक वाणगंगा नगरपालिका-४ हरीहरपुर बस्ने ४५ वर्षीय ईन्द्र बहादुर सार्कीको जिल्ला अस्पताल तौलिहवामा र कारमा सवार प्युठान घर भएका ४३ वर्षीय निम बहादुर सारूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा र  मोटरसाइकलमा सवार २ जनाको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापा, कन्काई नगरपालिका-८ लक्ष्मीपुर पूर्व बस स्टेनस्थित सडकमा बिर्तामोडबाट सुरूङ्गातर्फ जाँदै गरेको ना.४ च ४०८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय गर्बसिंह राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ इमलिप्रतिस्थित आरएमसि मेटल कम्पनीभित्र प्र.२-००१ क१०४३ नम्बरको हाईड्रा (क्रेन)को ठक्करबाट सोही कम्पनीमा काम गर्ने सर्लाही घर भएका ५२ वर्षीय पर्शुराम चौधरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy