Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ । 

समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राखे । 

सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उनिहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गरे । यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताए । 

उनले भने, “निजामती सेवालाई उच्च मनोबलयुक्त र  नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।” निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो ।

राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ । 

मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो । उनले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताए । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिए । विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ । 

त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताए । कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उनको भनाइ थियो । “लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy