Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

शैक्षिक सत्रअघि र एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरु गरेको र चर्को शुल्क लिएको गुनासो प्राप्त भएको छ। अधिकांश निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएका छन्।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहमार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ।

कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने, र एउटै विद्यालयमा अर्को कक्षामा प्रवेश गर्दा पटक(पटक भर्ना शुल्क असुल गर्ने गरेको पाइएपछि मन्त्रालयले यसलाई गैरकानुनी ठहराएको छ।

मन्त्रालयको पत्रमा भनिएको छ, ‘शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था छ। प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिनु गैरकानूनी हो।’

सर्वोच्च अदालतको फैसला सम्झाउँदै मन्त्रालयले नियमविपरीत लिइएको अग्रिम शुल्क तत्काल फिर्ता गराउन भनेको छ र कुनै विद्यालयले अटेरी गरे कारबाही गर्न निर्देशन दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुखमा श्रम संस्कृतिकी रुवी कुमारी उम्मेदवार, रास्वपाले समर्थन गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उन्हालाई सत्तारुढ दल राष्ट्रिय...

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण फौजदारी अभियोग लगायो, मुद्दा चलाउने आधार नभेटेपछि रिहा भएँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...

कांग्रेस–एमालेले उपसभामुखमा उम्मेदवारी नदिने, श्रम संस्कृतिलाई समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको जाहेरी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...

अभियानकर्मीको प्रश्न : जनताका लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ?’

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...

रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने सम्भावना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार राप्रप...

कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...

आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...

कालिमाटी काठ विवाद टुङ्गियो

सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending