Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

पुनः मोहन वैद्य पाँच वर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं । मोहन वैद्य पुनः  क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । 

यस एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको थियो, महाधिवेसन किर्तिपुरमा सम्पन्न भएको हो । महाधिवेसनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । 

महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेसनले ११७  सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको पहिलो बैठकले पार्टीको महाचिवमा मोहन वैद्य किरणलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । 

पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो । नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता मन्तव्य राखेका थिए । 

पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनमा बंगलादेश कम्युनिस्ट पार्टीका प्रतिनिधिले बधाई मन्तव्य राखेका थिए भने नेता परि थापाले बन्द सत्रमा पारित समसामयिक प्रस्तुत गरेका थिए । समापन सत्रको अन्त्य गर्दै नेता सीपी गजुरेलेलले महाधिवेशन सफल पार्न प्रत्यक्ष परोक्ष रुपमा भूमिका खेल्ने सबै पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक समर्थक लगायत विदेशी भाइचरा पार्टीका प्रतिनिधिहरुलाई समेत धन्यवाद ज्ञापन गरेका थिए । 

नव निर्वाचित कमिटिको बैठक माघको पहिलो साता काठमाडौंमा राख्ने निर्णय गरिएको छ । सो बैठकको तयारीको लागि महाचिव किरणको नेतृत्वमा सात सदस्यीय सहयोगी टिम समेत बनाइएको छ । सो बैठकले पार्टीको आगामी संगठन र संघर्षसम्बन्धी कामको योजना तर्जुमा गर्ने पनि बताइएको छ । 

मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा भव्य समारोहबिच उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको थियो । कार्यलयबाट प्रस्तुत १६ वटा प्रस्ताव र अन्य फरक मतमाथि २० वटा समूह बनाएर बहस चलाइएको थियो । समूह छलफलमा उठेका विषयवस्तुलाई संश्लेषित रुपमा समूहका नेताहरुले प्रस्ताव गरेका थिए । 

महाधिवेशनले पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पारित गरेको छ भने विचारधारालाई निश्चित विधिमार्फत् बहसमा लैजाने निर्णय गरेको छ । जनयुद्धको मूल्यांकनको प्रश्नमा सार्वजनिक रुपमा बहस नगर्ने र अहिले संघीयतालाई मानेर जाने र यसमा रहेका फरक मतलाई पार्टीभित्र र बाहिर निश्चित विधिमार्फत् बहस जारी राख्ने निर्णय गरिएको छ । अन्य फरक मतहरुका सन्दर्भमा पनि उल्लेखित विधि अनुसार नै बहसलाई जारी राखिने छ । 

महाधिवेशनमा देशैभरि, प्रवास र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी ५५० जना प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy