काठमाडौँ। कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएको हो ।
साद विन जाफरले अविजित ५२ रन बनाए । उनले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएको हो । यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।
बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए । चितवन राइनोज आज चौथो जित निकाल्दै प्ले अफतर्फ लम्कने तयारीका छ । यता राम्रो योगफल बनाएरपनि लगातार चार हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने तयारीमा छ ।
चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।
तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यस्तै अघिल्ला चारवटै खेलमा हार खेपेको लुम्बिनी लायन्स अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १४:३६
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा...
पौष ३ गते, २०८१ - १४:२४
काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेको छन ...
पौष ३ गते, २०८१ - १४:०६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रध...
पौष ३ गते, २०८१ - १३:५६
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएको छन । बुधबार ...
पौष ३ गते, २०८१ - १३:३१
काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...
पौष ३ गते, २०८१ - १३:३१
काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...
पौष ३ गते, २०८१ - १३:२१
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) कोपहिलो क्वालिफायर खेलमा अहिले लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा ह...
पौष ३ गते, २०८१ - १३:०९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेको छन । प्रधानम...
पौष ३ गते, २०८१ - १२:५८
काठमाडौँ। एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिप...
पौष ३ गते, २०८१ - १२:२७
काठमाडाैं। आजकल सामाजिक सञ्जालमा एउटा अनौठो र भावनात्मक कथा भाइरल भइरहेको छ, जसले कला र नवीनताको नयाँ परिभाषा सिर्जना गरेको छ । ताइवानकी एक महिला क...
प्रतिकृया लेख्नुहोस्: