Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

प्रचण्ड लक्षित गृहमन्त्रीको अभिव्यक्तिः अनुसन्धान प्रभावित पार्नेगरी बोल्नु उचित होइन

खबरडबली संवाददाता

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्नेगरी बोल्नु उचित नहुने बताएका छन् । मङ्गलबार सुर्खेत पुगेका गृहमन्त्री लेखकले पत्रकारहरूसँगको संवादका क्रममा यस्तो बताएका हुन् ।

‘अदालतलाई र अनुसन्धानलाई प्रभावित गर्ने र न्यायिक प्रक्रिया प्रभावित गर्ने गरी बोल्नु बेठिक हो । प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो काम गर्नु झन् दुर्भाग्यपूर्ण हो,’ गृहमन्त्री लेखकले भने।

उनले कसैको मानव अधिकारको हनन नभएको जिकिरसमेत गरेका छन् । ‘सरकारी वकिलको कार्यालय घेर्ने, अदालत घेर्ने यो कुराहरू बेठिक हो । त्यसकारण कसैको मानव अधिकार हनन् भएको छैन,ु उनले भने ।

यसअघि गत मंसिर १९ गते रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसहित धेरै नेताहरूले त्यसले लामिछानेको मानव अधिकारको हनन भएको बताएका थिए ।

गृहमन्त्री लेखककै दल नेपाली कांग्रेसका नेताहरूले समेत यही बताएका छन् । शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसीलगायतका नेताहरूले लामिछानेलाई उनको इच्छाविपरीत यात्रा गराइनु ठीक नभएको बताएका छन् ।

तर, गृहमन्त्री लेखकले भने कसैको मानव अधिकारको हनन नभएको बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending