Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

भक्तपुर प्रहरीको सफलताः अझै पत्ता लागेन विष्णुकुमारीको हत्यारा, यही घटनाले सुल्झिए पुराना ६ घटना

खबरडबली संवाददाता

काठमाडौं । कार्तिक २८ मा साँझ भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत फेला परिन् । आफू बस्ने घरको तेस्रो तलामा उनी मृत अवस्थामा भेटिएकी हुन् ।

हत्या भएको एक महिनासम्म पनि प्रहरीले आरोपीको पहिचान गर्न सकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । 

घरको दुईतला भाडामा लगाएर त्वयना एक्लै तेस्रो तलामा बस्थिन् । हत्याराले दुवै खुट्टा बाँधेर मुखमा कपडा कोचेर उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि कानमा लगाएको ८ आनाको सुनको रिङ र थैलीमा भएको पैसा हत्यामा संलग्नले लुटेर लगेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘थैलीको नगद र सुन लुटेको देखिन्छ ।’

विष्णु कुमारीको हत्यारा खोज्दै प्रहरीले अहिलेसम्म १ सय जनामाथि अनुसन्धान गरिसकेको छ । तर, उनीहरूबाट हत्याबारे कुनै पनि क्लु नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । त्वयनाको हत्याबारे अनुसन्धान गर्दा थप ६ वटा पुराना घटना भने सुल्झिएका छन् ।

हत्या अनुसन्धानको क्रममा पक्राउ परेकाहरूमध्ये ५ वटा पुराना चोरीको घटनामा फरार र एउटा लागुऔषधको घटनामा संलग्न फरार आरोपी पक्राउ परे । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाउने भन्छन्, ‘पुराना घटनामा फरार आरोपीहरू सो घटना अनुसन्धानको क्रममा खुलेका छन् ।’ प्रहरीका अनुसार ६ वटा पुरानो घटना सुल्झिएको छ ।

घरको दुईतला भाडामा लगाएर त्वयना एक्लै तेस्रो तलामा बस्थिन् । उनका ४ भाइ छोरा र बुहारी सूर्यविनायकमा बस्छन् । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरमा उनको अर्को पनि घर छ । दुवै घरको भाडा त्वयनाले नै उठाउँथिन् । आफू बस्ने घरको ६ हजार ५ सय र अर्को घरको २० हजार भाडा आउँथ्यो । उनको वृद्धभत्ता पनि आउँथ्यो ।

दुवै खुट्टा बाँधेर मुखमा कपडा कोचेर उनको हत्या गरेको हुनाले चोरी र लुट्ने व्यक्तिले हत्या गरेको आशङ्का गरिएको छ । प्रहरीले सो घटनाको अनुसन्धान चोर र लुटेरामा केन्द्रित गरेको छ । ‘चोरी गर्दै हिँड्नेहरू र लुटेरामा हाम्रो अनुसन्धान केन्द्रित छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘तर, अहिलेसम्म कुनै पनि क्लु भेटिएन ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीद्वय रुगम कुँवर र सुवास बुढाथोकीले अनुसन्धानको नेतृत्व गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending