Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

प्रदेश सभा सदस्यमा मनोनीत भएकी सुनिताका लागि संसदमा ‘विशेष व्यवस्था’को तयारी

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई बन्दसूचीबाट निकालेर गण्डकी प्रदेश सभा सदस्य बनाउने निर्णय गरेसँगै प्रदेश सभा सचिवालयले संसद बैठकमा दोभासे राख्नुपर्ने भएको छ । प्रदेश सभामा अहिलेसम्म यस्तो व्यवस्था थिएन ।

कांग्रेसले प्रदेश सभा सदस्यमा मनोनीत गरेकी थापा अरुले बोलेको सुन्न सक्दिनन् । श्रवणशक्ति नभएका कारण उनी साङ्केतिक भाषाबाट कुरा गर्छिन् । अरुले बोलेको कुरालाई उनले दोभासेमार्फत बुझ्ने गर्दछिन् । त्यसैले प्रदेश सभा बैठकमा दोभासेको विशेष व्यवस्था गर्नुपर्ने भएको हो ।

हाल उनलाई रेनु शाहले दोभासेका रूपमा सघाउने गरेकी छन् । रेनुमार्फत नै कुरा गर्दै सुनिताले श्रवणशक्ति नभए पनि संविधानले नीति निर्माणको तहमा पुग्ने बाटो बनाइदिएको र पार्टीले समेत आफूजस्तोलाई विश्वास गरेर सांसद बनाएकोमा धन्यवाद प्रकट गरिन् ।

‘पार्टीले मेरो नाम बन्दसूचीमा राखेको बेला नै निकै खुसी भएकी थिएँ । त्यतिबेला म सांसद बन्नेजति भोट पार्टीले पाएन,’ सुनिताले दोभासेमार्फत भनिन्, ‘पहिलो नम्बर सिटमा रहनुभएको दिदी (विमला गौचन) को निधन भएपछि रिक्त सिटमा पार्टीले मलाई मनोनीत गरेको हो ।’

आफू सांसद बन्न लागेकोमा स्वाभाविक रूपमा खुसी लागे पनि विमला गौचनको निधनमा निकै दुःख लागेको सुनिता बताउँछिन् । उनले हालसम्म अपाङ्गताको क्षेत्रमा आफूले सिकेका सिकाइ नीति निर्माणमा रहेर कार्यान्वयन गर्ने बताइन् । ‘म धेरै देशहरूमा पुगेकी छु । त्यहाँ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार विधिमा मात्रै होइन, कार्यान्वयनमा पनि अब्बल छ,’ उनले भनिन्, ‘त्यो देखेर आएकाले म यहाँ पनि त्यस्तै होस् भन्ने चाहन्छु । संसदबाट त्यसकै वकालत गर्छु ।’

थापा ७ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् भने अपाङ्गताको क्षेत्रमा काम गरेको १४ वर्षको अनुभव छ । हाल उनी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि हुन् । उनले संसदलाई अपाङ्गता भएका नागरिकहरूसम्म पु‍र्‍याउन पुलको काम गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘संसदमा के भइरहेको छ, त्यो खबर हामीले पाउँदैनौँ । यो कुरा त पटक–पटक उठाएको हो,’ उनले भनिन्, ‘दोभासेको माग गर्दागर्दै यत्रो समय बित्यो । संयोगले आफैँ सांसद बन्ने बेला आएछ । अब यो संसदलाई हाम्रो समुदायसम्म पु‍र्‍याउन म पुल बनेर काम गर्छु ।’

समानुपातिक बन्द सूचीबाट १ नम्बरमा रहेकी आदिवासी जनजाति महिला कोटाबाट सांसद बनेकी म्याग्दीकी विमला गौचनको हृदयघातबाट निधन भएपछि उक्त कोटामा पाँचौँ नम्बरकी सुनीता सांसद बन्न लागेकी हुन् ।

योसँगै गण्डकी प्रदेश सभा सदस्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्ति सांसद बन्ने पक्का भएको छ । श्रवण शक्ति नभएको व्यक्ति सांसद बन्ने भएपछि संसद सचिवालयले सभा भवनमा साङ्केतिक दोभासे राख्न अनिवार्य भएको छ । थापा नेपाली र अंग्रेजी भाषामा राम्रोसँग बोल्न सक्छिन् तर अरुले बोलेको फिटिक्कै सुन्दिनन् ।

श्रवणशक्ति गुमाउने घटना के थियो ?

२०४९ साउन ३० गते चापाकोटमा जन्मिएकी सुनिता जन्मजात श्रवणशक्तिविहीन भने होइनन् । ७ कक्षा पढ्दै गर्दा टाइफाइडले थलिएर अस्पतालबाट निस्किँदा उनको श्रवणशक्ति सुस्त भइसकेको थियो । श्रवणशक्ति गुमाएको पनि उनी कक्षामा फेल भएपछि मात्रै अरुलाई थाहा भएको हो । ‘कक्षाको राम्रो विद्यार्थी थिएँ । एक्कासी शिक्षकहरूले पढाएको सुन्न र बुझ्न छोडेँ । सुनिनँ भन्दा घरमा कसैले पत्याएन, साथीहरूले त झन् गिज्याए,’ सुनिताले भनिन् ।

राम्रो विद्यार्थी फेल भएपछि मात्रै अरुले आफ्नो श्रवणशक्ति गुमेकोमा विश्वास गर्न थालेको उनले बताइन् । त्यसपछि परिवारले अस्पताल लगेर चेक गराउँदा बल्ल थाहा भयो श्रवणशक्ति गुमेको ।

सुनिताले शिक्षा शास्त्र सङ्कायमा स्नातकसम्मको अध्ययन गरेकी छन् । ‘श्रवणशक्ति नभएकाहरू पढ्ने विद्यालय छ भन्ने धेरै समयसम्म थाहा पनि भएन । पछि थाहा पाएपछि त्यतै पढ्न थालेँ,’ उनले भनिन्, ‘बल्लबल्ल स्नातक पास गरेको छु । त्यहाँबाट माथि पढाउने र सहयोग गर्ने दोभासे छैनन्, अनि कक्षा छोडेँ ।’

नेपालमा साङ्केतिक भाषाको शब्दकोष पर्याप्त नहुँदा सञ्चारमा धेरै समस्या पर्ने गरेको उनको गुनासो छ । ‘अझै पनि अरुसँग संवाद गर्न धेरै गाह्रो हुन्छ । साङ्केतिक भाषाको शब्दकोष सीमित छ नेपालमा,’ उनले भनिन्, ‘करिब ५ हजार मात्रै शब्द छन् । कतिपय कुराहरू म भन्न चाहन्छु तर शब्दको सङ्केतहरू नै छैन । सञ्चारमा अवरोध हुन्छ, चाहेको कुरा पूरै व्यक्त गर्न सकिँदैन ।’

नेपाली कांग्रेसले सुनितालाई प्रदेश सभा सदस्यमा मनोनीत गरेसँगै अब निर्वाचन आयोगले अनुमोदन गरेपछि पद तथा गोपनीयताको शपथ ग्रहण हुन्छ । ‘आयोगले सांसद कायम गरेपछि सभामुखबाट शपथ गराइन्छ,’ संसद सचिवालयका सचिव हरिराज पोखरेलले भने । ‘प्रदेश सभा सचिवालयसम्म औपचारिक निर्णय आइपुगेपछि शपथ हुन्छ,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending