काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गरेको चलचित्र पूर्णबहादुरको सारंगीका निर्माताले आफ्नो चलचित्रलाई मंगलबारबाट मुलुकको बाँकी सबै चलचित्र घरबाट उतारेका छन् । भारतीय चलचित्र पुष्पा २ आएपछि आफुहरुको चलचित्रको प्रदर्शनीमा हल सञ्चालकले विभेद गरेको भन्दै यसका निर्माताले सबै हलबाट उतारेका हुन् ।
चलचित्रले नेपालमा मात्र ४८ करोडको व्यापार गरेको रिपोर्ट पनि उनीहरुले सार्वजनिक गरेका छन् । चलचित्र पूर्णबहादुरको सारंगी हलबाट उतारेसँगै यसका निर्माताहरुबीच शेयर बाँडफाँडको विवाद सुरु भएको छ । यसपघि पनि चलचित्रको कथा चोरीको आरोप लागेर विवादमा परेको यो चलचित्र निर्माताको शेयर बाँडफाँडका कारण अहिले पुनः विवादमा परेकाे हाे ।
यो चलचित्रको निर्माण संस्था कम्पनी सेभेन सिज इन्टरटेनमेन्ट र बाँसुरी फिल्मसका सञ्चालकबीच चलचित्रको व्यापारलाई लिएर खटपट सुरु भएको बताइएकाे छ । चलचित्रका अरु निर्माताले यो चलिचत्रको व्यापारको पैसा वितरक सस्थासंग मागेपछि बाँकी दुई निर्माताले आफुहरुको अनुमति विना पैसा नदिन भन्दै वितरक कम्पनीहरु ब्यांकटेस इन्टरटेनमेन्ट र टी–फोक फिल्म्सलाई पत्रमार्फत अनुरोध गरेका छन् ।
यसका दुई निर्माता तथा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीका सञ्चालक प्रतिक पौडेल र रमेश ढकालले वितरक कम्पनीद्वयलाई एक चिठ्ठी लेख्दै चलचित्रको भुक्तानी आफुहरुको सहमती विना अरुलाई नदिन अनुरोध गरेका हुन् । चलचित्रको अरु निर्मातामा सेभेन सिज इन्टरटेनमेन्टबाट विनोद पौडेल र बाँसुरी फिल्मसबाट रामवावु गुरुङ रहेका छन् ।
उनीहरुले वितरक कम्पनीलाई लेखेको पत्रमा यस्तो उल्लेख छ, ‘हाल उक्त चलचित्रको शेयर रकम भुक्तानी सेभेन सिज सिनेमाको नाममा जम्मा भइरहेको जानकारीमा आएको हुँदा हालसम्म भएको भुक्तानीको जानकारी गराएर बाँकी भुक्तानी रोक्का गरि यस कम्पनीको हामी सञ्चालकहरुको रोहवरमा फाइनल हिसाब किताब गरि सम्बन्धित हाम्रो संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्नुहुन अनुरोध छ ।’
सो पत्रलाई उनीहरुले बाँसुरी फिल्मस, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि पठाएका छन् । आफुहरु यो चलचित्रको निर्माता भएको पनि उनीहरुले पूर्णबहादुरको सारंगीको सेन्सर प्रमाणपत्र मार्फत उल्लेख गरेका छन् । यस विषयमा निर्माता विनोद र रामवावुले केही पनि बोलेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - ०७:१३
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...
बैशाख १३ गते, २०८३ - ०७:११
भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...
बैशाख १३ गते, २०८३ - ०७:०९
खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...
बैशाख १३ गते, २०८३ - ०७:०७
बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...
बैशाख १३ गते, २०८३ - ०७:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ र...
बैशाख १३ गते, २०८३ - ०७:०२
मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...
बैशाख १३ गते, २०८३ - ०६:५७
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...
बैशाख १३ गते, २०८३ - ०६:५५
काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...
बैशाख १३ गते, २०८३ - ०६:५४
काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...


प्रतिकृया लेख्नुहोस्: