काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू भएको बैठक भोलीसम्म जारी रहनेछ ।
पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रिय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।
उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन ।
अब यो बैठकले प्राथमिकतामा सो अजेन्डा राख्नेछ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - २१:२०
भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स ...
मंसिर २६ गते, २०८१ - २१:१८
भैरहवा । जुम्लाको मार्सी चालम, सिमीको दाल, मुस्ताङको स्याउका परिकार, पाल्पाको ढाका, दैलेखको अल्लोको कपडा, रुपन्देही र दाङमा उत्पादित मह, अचार लगायतक...
मंसिर २६ गते, २०८१ - १६:३३
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मा...
मंसिर २६ गते, २०८१ - १६:२८
काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दा...
मंसिर २६ गते, २०८१ - १६:२८
काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दा...
मंसिर २६ गते, २०८१ - १६:१०
काठमामडौं । प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन यहि २२ डिसेम्बर २०२४ बेलायत वुलविच स्थित प्रतिभा नक्षत्र घरमा हुने भएको छ । प्रतिभा नक्षत्रका ...
मंसिर २६ गते, २०८१ - १६:०७
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका...
मंसिर २६ गते, २०८१ - १६:०३
काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ । आज नेप्से १.७१ प्रतिशतले ...
मंसिर २६ गते, २०८१ - १४:४०
काठमाडौंं। मंसिर २८ मा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र द...
मंसिर २६ गते, २०८१ - १४:२९
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौल...
प्रतिकृया लेख्नुहोस्: