काठमाडौं । नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा १७ जना पोलिटब्युरोबाट स्थायी कमिटीमा ल्याउने प्रस्तावप्रति उपमहासचिव राजेन्द्र राईले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ राखेका छन् ।
एकीकृत समाजवादीमा हाल २४ सदस्यीय स्थायी कमिटी छ । राईले विधान र प्रक्रियाविपरित स्थायी कमिटी सदस्य थप्ने प्रस्ताव आएकाले आफूले नोट अफ डिसेन्ट जनाएको बताए । ‘पहिला विधान आउनुपर्यो । त्यो विधानमा के छ ?’, राईको प्रश्न छ । त्यस्तै उनले स्थायी कमिटी सदस्य थप्ने अधिकार केन्द्रीय कमिटी र पोलिटब्युरोलाई मात्र भएको भन्दै स्थायी कमिटीमा ल्याउनुपर्ने केही नाम समेत प्रस्तावमा छुटेको बताए ।
बैठकमा यसबारेमा विवाद भएपछि थप गृहकार्य गर्न भन्दै भोलीको बैठक पर्सी (शुक्रवार) बस्नेगरी सारिएको छ । ‘गहृकार्य नपुगेकाले शुक्रवार बस्ने गरी आजको बैठक सकिएको छ’, अर्का उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले भने, ‘शुक्रबारको बैठकले कार्य विभाजन टुङ्गो लाग्छ ।’
बैठकमा महासचिव घनश्याम भुसालले पार्टीको कार्ययोजना पेस गरेका थिए । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्य विभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको कार्यदलमा पटक पटक छलफल भए पनि टुङ्गो लाग्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - २१:०३
काठमाडाैं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा सशस्त्र प्रहरी बलका पूर्वइन्सपेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा द...
मंसिर २६ गते, २०८१ - २०:३६
काठमाडौं । सस्तोदरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे ...
मंसिर २६ गते, २०८१ - २०:२६
काठमाडाैं । नेपाल पत्रकार महासंघ मुगु शाखामा अचुतराज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिले तोकेक...
मंसिर २६ गते, २०८१ - १९:५४
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्र...
मंसिर २६ गते, २०८१ - १९:३९
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीतिलाई संशोधन गर्न योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव सङ्कलन गरेको छ ...
मंसिर २६ गते, २०८१ - १८:५६
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएकाे छ । प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कस...
मंसिर २६ गते, २०८१ - १८:४३
काठमाडौं । नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुध...
मंसिर २६ गते, २०८१ - १८:२९
तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठ...
मंसिर २६ गते, २०८१ - १८:२४
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु...
मंसिर २६ गते, २०८१ - १८:१४
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउ...
प्रतिकृया लेख्नुहोस्: