काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्।
सरकारले आफ्ना मागप्रति पर्याप्त संवेदनशीलता नदेखाएको भन्दै डा. केसीले पुन: अनशन सुरु गरेका हुन्।
यसपटकको सत्याग्रह मुख्य रूपमा गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएका राजनीतिक नियुक्ति र निजी स्वार्थ समूहको प्रभावविरुद्ध केन्द्रित रहेको उनले बताएका छन्।
डा। केसीले आफू गेटा मेडिकल कलेज वा विश्वविद्यालय स्थापनाको विरोधी नभएको स्पष्ट पार्दै त्यहाँ हुने नियुक्तिको प्रक्रियामाथि प्रश्न उठाएका छन्।
उनले सार्वजनिक संस्थामा निजी मेडिकल कलेजसँग आबद्ध तथा स्वार्थ बाझिने व्यक्तिहरूलाई पदाधिकारी नियुक्त गर्दा गेटाको भविष्य र चिकित्सा शिक्षाको गुणस्तरमा गम्भीर असर पर्न सक्ने दाबी गरेका छन्। त्यस्ता स्वार्थ बाझिने पदाधिकारीको नियुक्ति तत्काल खारेज गर्नुपर्ने उनको माग छ।
डा। केसीले चिकित्सा शिक्षा आयोगको गरिमा कायम राख्नुपर्ने तथा आयोगले निर्धारण गरेका मापदण्डविपरीत निजी मेडिकल कलेजमा सिट संख्या वृद्धि गर्ने वा छात्रवृत्ति कटौती गर्ने कार्य रोक्नुपर्ने माग राखेका छन्।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा नाफामुखी हुनबाट रोक्नुपर्ने र सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूको परिचालनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।
डा.केसीको अर्को प्रमुख माग विगतमा सरकारसँग भएका सम्झौताहरूको पूर्ण कार्यान्वयन हो। उनले सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य र शिक्षाको अधिकार सुनिश्चित गर्न आवश्यक पूर्वाधार विकास गर्नुपर्ने बताएका छन्।
त्यस्तै, द्वन्द्वकालीन पीडितलाई न्याय दिनुपर्ने, गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने तथा उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीमाथि लागेका भ्रष्टाचारका आरोपको निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
सरकारलाई साउन ५ गतेसम्म माग सम्बोधन गर्न समयसीमा दिएको भए पनि सो अवधिमा कुनै पहल नभएपछि सत्याग्रह सुरु गरेको डा. केसीले विज्ञप्तिमार्फत जनाएका छन्।
आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने उनको अडान छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १७:२७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...
श्रावण ७ गते, २०८३ - १७:०५
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...
श्रावण ७ गते, २०८३ - १६:५३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...
श्रावण ७ गते, २०८३ - १६:४९
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...
श्रावण ७ गते, २०८३ - १६:४५
काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...
श्रावण ७ गते, २०८३ - १६:०९
इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...
श्रावण ७ गते, २०८३ - १६:०२
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...



प्रतिकृया लेख्नुहोस्: