भैरहवा । रुपन्देही लीलारामा मावि र न्यु इरा इङ्गलिस बोर्डिङ स्कूल भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा विजयी भएका छन् । बिहीबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा लीलारामले भैरहवा नमूना माविलाई ५ विकेट र न्यु इराले काशी नोबल एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित हात पारेका हुन् ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भैरहवा नमूनाले मौसमका कारण १७ ओभरमा झारिएको खेलमा १२ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ६४ रनको झिनो योगफल बनायो । उसका लागि मान्तब आलमले १४, इरफान अली मुसलमानले १३ र सन्तोष हरिजनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम झिनो योगफलमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन अहमद मुसलमानले ४, मोहम्मद अयुबले ३ तथा लक्की यादव र सुगम पोखरेलले १–१ विकेट हात पारे ।
प्रतिउत्तरमा लीलारामले ९ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ६७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मोहम्मद निसिम मियाँले सर्वाधिक १७ रन जोडे । बलिङमा भैरहवा नमूनाका सहिन खान र मेहताब आलमले २–२ र इरफान अली मुसलमानले १ विकेट लिए । खेलमा फैजन अहमद मुसलमान प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित २० ओभरमा १९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर ६५ रनमै समेटियो । उसका लागि अविश अधिकारीले २३ र आर्यन भण्डारीले अविजित १४ रन जोडे । बलिङमा न्यु इराका नितिक बानियाँले ४, सुरज गुप्ताले २ तथा सन्देश कार्की र कासिफ कमारले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यु इराले ९ ओभर २ बलमा ३ विकेटको क्षतिमा ६६ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा नितिक बानियाँले २१ तथा तेन्डुप लामा र अमनकुमार चौधरीले समान १३ रन जोडे । बलिङमा काशी नोबलका आदित्य शर्माले २ विकेट लिए । न्यु इराका नितिक बानियाँ प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: