Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

भक्तपुर विहान एउटा, दिउँसो अर्काे र राति अर्कै देखिन्छ: सुनिल प्रजापति, भक्तपुर नगरपालिकाका प्रमुख

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ ।

महोत्सव पुस २ गतेसम्म गरी पाँंच दिनसम्म चल्नेछ ।  २६ वर्षपछि भक्तपुर नगरपालिकाले दोश्रो महोत्सव गर्न लागेको हो । यसअघि वि.सं. २०५४ साल कात्र्तिक ६-१० गतेसम्म पाँच दिनको पहिलो पटक “भक्तपुर महोत्सव” गरिएकाे थियाे । 

यसबाहेक २०६९ साल असोज ६ गते एक दिने “भक्तपुर सडक महोत्सव – २०६९”, २०७६ पुस १६ गते “सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन”, २०७९ चैत्र १८–१९ गते “सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला”, २०८० श्रावण २० गते “भक्तपुरका पोखरीहरुको पदयात्रा मेला” र २०८० पौष १४ गते “बहाबही पदयात्राका साथ योमरी उत्सव” सफलता पूर्वक सम्पन्न गरेको थियोे । 

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । महोत्सवका अन्य उद्देश्यहरुमा यहाँका नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरी यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको जनाएको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि महोत्सवको उद्देश्य रहेको छ ।

आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पाँंच दिने महोत्सवभरी भक्तपुरमै बसेर सम्पूर्ण भक्तपुरलाई नजिकबाट चिनेर जान अनुरोध गरे । 'गहिरिएर हेर्ने हो भने भक्तपुर विहान एउटा, दिउँसो अर्काे र साँझ वा राति अर्कै देखिन्छ,' उनले उदाहरण दिंदै थपे, 'जसरी हिमाल विहान सेतो, दिउँसो सफा अनि साँंझ रातो देखिन्छ, त्यसरी नै भक्तपुरलाई एकैदिनमा फरकफरक रुप देख्न सकिन्छ ।'  

महोत्सवका मुख्य आकर्षणहरुका रुपमा सांस्कृतिक कार्यक्रममा बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक साँस्कृतिक नाच देखाइने छ भने  प्रदर्शनीमा पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी जीवित देवी, दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना आदि) मेला महोत्सव (खाना महोत्सव, व्यापार मेला, दही महोत्सव) मनोरञ्जनात्मक गतिविधि (नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकुद) आदि इत्यादि रहेको जनाइएको छ ।

महोत्सवलाई पूरै महोत्सवमय बनाउन नगरका ३२ ठाउँहरुमा फरक फरक प्रदर्शनीहरु रहने जनाइएको छ । नगरका विभिन्न स्कुल, कलेजहरु, सहकारी संस्था आदि इत्यादि संस्थाहरुले पनि आफनै रुपमा आफनै ठाउँं वा विभिन्न ठाउँंहरुमा विभिन्न प्रदर्शनीहरु गरिने जनाइएको छ । 

भक्तपुर देशकै सानो जिल्ला (११९ वर्ग कि.मी.) । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिकामध्ये एक हो । नेपालको राजधानी काठमाडांैबाट १३ कि.मी. पूर्वमा अवस्थित भक्तपुर नगर भौगोलिक रुपमा सानो नगर (६.८८ वर्ग कि.मी.) भए पनि नेपालकै एक महत्वपूर्ण सा“स्कृतिक र ऐतिहासिक नगर हो ।

 

२०७८ को जनगणना अनुसार भक्तपुर जिल्लामा कुल ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या रहेको छ भने भक्तपुर नगरपालिकाभित्र ७९ हजार १ सय ३६ जनसंख्या बसोबास गर्दछन् । यस नगरमा आदिवासी नेवारहरुकोे बाहुल्यता रहेको छ । मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहाँका साँस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरु विश्व प्रसिद्ध छन् । 


भक्तपुरकोे मौलिक सा“स्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्र लगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको थियो । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सा“स्कृतिक केन्द्रको रुपमा समेत परिचित छ । यहा“का शताब्दीऔं पुराना मठ– मन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछे“, दरबार, सत्तल, पाटीपौवा र ढुङ्गेधारा विश्वस्तरकै वास्तुकलाका नमूना हुन् । वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु यहा“का मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित भएर फर्किन्छन् । भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पार्ने प्रयास गरिरहेको छ निरन्तर । 


महोत्सवलाई व्यवस्थित र भव्यताका साथ संचालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरु, निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र १ सचिवालय समिति गठन गरी निरन्तर भव्य तयारी चलिरहेको छ । यसकारण यतिखेर भक्तपुर महोत्सबमय बनेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकम...

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।  विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चा...

बीपी राजमार्गमा यात्रुलाई सास्ती, कहिले होला पुनर्निर्माण ?

काभ्रेपलाञ्चोक  ।  गत असोज दोस्रो साता आएको बाढीपहिराले क्षति पुर्‍याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा  यात्रा गर्ने यात्रु...

विराटनगर पुगेका प्रचण्डका शनिबार के–के छन कार्यक्रम ?

विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान विराटनगरमा हुस्सु छिचोल्दै ‘मनिङ्वाक’ गरेका छन् ।   श...

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरे...

ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणल...

बालेनसँग मिल्ने प्रयास सफल होला त भीम रावलको ?

काठमाडौं ।  ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्न...

मधेश सरकारले बलिदानी दिवस मनाउँदै

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्...

यू–१९ महिला विश्वकपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । आइसीसी महिल यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज डेब्यु गर्दै छ ।मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सु...

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ ।  यो अघिल्लो वर्षको तुलनामा १२ प्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy