Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

अध्यक्ष बिजुक्छेद्वारा पाँच दिने भक्तपुर महोत्सव उद्घाटन

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ 'रोहित'ले पाँच दिने भक्तपुर महोत्सवको आज समारोहबीच उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन कार्यक्रम विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको दरबार क्षेत्रमा भएको थियो । सोही कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले महोत्सवको अवसरमा प्रकाशन गरेको ‘स्मारिका’ र  सांस्कृतिक नगरी भक्तपुरको ‘फोटो पुस्तक’ बिमोचन गरेका थिए  । उद्घाटन समाराेहलाई सम्वाेधन गर्दै  अध्यक्ष बिजुक्छेँले पानसमा दीप प्रज्ज्वलन गरी महोत्सवको उद्घाटन गर्दै भक्तपुरको कला संस्कृति तथा सम्पदाहरु संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्यको रुपमा बोध गर्दै आएको बताए ।

भक्तपुरको कला र संस्कृतिको मर्मत, सम्भार, पुनःनिर्माण र प्रवद्र्धन कार्यमा भक्तपुरका जनताको श्रमदान र सहयोग समेत प्राप्त भएको बताउँदै उनले देश र जनताको निःस्वार्थ रुपले सेवा गर्ने भावनाबाट यहाँका जनता अभिप्रेरित रहेको बताए । स्थानीय पालिकाहरु प्रजातन्त्रका आधार हुन् भन्दै उहाँले देश र जनताको निःस्वार्थ रुपले सेवा गर्ने भावना नभएका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रका निकाय, कार्यालय, विभाग र मन्त्रालयहरुमाथि भ्रष्टाचार, अनियमितता र अख्तियार दुरुपयोगका अनेक कानुनी र नैतिक प्रश्नहरु उठ्दै आएको बताए ।

उनले शिक्षालय र शिक्षकहरु संकीर्ण स्वार्थबाट निर्लिप्त भएसम्म देश र जनताको इच्छा र आकांक्षालाई मूर्त रुप दिन सम्भव नहुने बताउँदै  २०४८ सालदेखि नै संसदमा भक्तपुरलाई ‘सांस्कृतिक नगर’ घोषणा गर्ने र सम्भव भएका नगरहरुमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशाला बनाउनुपर्ने विषयलाई जोड दिँदै आएको बताए ।

नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेमकिपाले स्थानीय तह निर्वाचन घोषणापत्रमार्फत जनतालाई वाचागरेअनुसार भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि कलेजसम्म सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी जनतालाई सुलभ रुपमा चिकित्सा शिक्षा अध्यापन गराउने पनि उद्देश्य लिएको बताए ।

देशको सन्तुलित विकास गरी उपत्यकामा बढिरहेको बसाइँसराइँलाई रोक्ने विषयमा सरकारले ढिलाइ गर्न नहुने बताउँदै उनले भक्तपुर नपाले पर्यटकहरुबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको विकास गरिरहेको बताए । भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गरी नमुना नगरको रुपमा अगाडि बढाउनेतर्फ सरकारले जोड दिनुपर्ने उनको धारणा थियो । 

भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको बताउँदै उनले सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको लागि छिटै स्वीकृति दिनेमा आफू विश्वस्त रहेको बताए ।
भक्तपुर महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर भक्तपुर पुरै महोत्सवमय देखिने बताउँदै अध्ययन अनुसन्धान गर्नेहरुको लागि भक्तपुर महोत्सव एक महत्वपूर्ण अवसरको रुपमा रहने बताए ।

महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरुमा महत्वपूर्ण गतिविधि सञ्चालन हुने बताउँदै उनले भने, भक्तपुरका चोक र गल्लीहरुमा पनि स्थानीयबासीहरुले विभिन्न आकर्षक गतिविधिहरु सञ्चालन गरिरहने बताए ।

विदेशी पर्यटकहरुसँगै आन्तरिक पर्यटकहरुको पनि प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उनले महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरु प्रदर्शन गरिने जानकारी गराए ।

महोत्सवलाई थप आकर्षण गर्न महोत्सवकै बेला भक्तपुर नपा वडा नं। १० क्वाठण्डौंमा २०८१ मंसिर २९ गते खुल्ला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको बताउँदै उनले महोत्सव भव्य रुपमा सफल पार्न सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा गरे ।

कार्यक्रमका अर्का अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्यले भक्तपुर महोत्सव उपत्यकाको लागि सिकाइको विषय भएको बताउँदै भक्तपुरलाई देशकै पर्यटकीय केन्द्रको रुपमा लिन सकिने बताउँदै यहाँका मौलिक वस्तुहरुलाई विज्ञानसँग जोडेर अन्तर्राष्ट्रिकरण गर्नु आवश्यक भएको बताए ।
सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुरको उद्देश्य प्रशंसनीय भएको बताउँदै उहाँले भक्तपुरका सम्पदा जनताको अपनत्व, साथ र सहयोगमा पुनःनिर्माण सिकाइयोग्य विषय भएको बताए । ७५३ वटा स्थानीय तहको लागि भक्तपुर नमुनाको रुपमा प्रस्तुत भइरहेको बताउँदै उनले उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षणको दायित्व सबै जनता एकजुट भएर गर्नुपर्ने बताए ।
नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर महोत्सवलाई भक्तपुरको शैक्षिक, सामाजिक, राजनीतिक प्रगतिको आयामको रुपमा व्याख्या गर्न सकिने बताए  । भक्तपुरको प्रगति र उन्नतिमा महोत्सव दरिलो पाइला सावित हुने बताउँदै उनले भक्तपुर विभिन्न क्षेत्रमा अग्रदुत बनिरहेको बताए ।
भक्तपुरमा अनुकरण गर्न लायक धेरै विषय भएको बताउँदै उनले महोत्सव सबैको लागि अविष्मरणीय हुने बताए  ।
भक्तपुर कलाकार, कलाकर्मी र सम्पदाप्रेमीहरुको सहर भएको बताउँदै उहाँले भक्तपुरमा श्रमवीरहरुको सम्मान निरन्तर चलिरहने विश्वास व्यक्त गरे ।
हरेक सम्पदाको जगमा असंख्य कालिगढहरुको पसिना लुकेको विषय नयाँ पुस्तालाई अध्ययन अध्यापन गराउन जरुरी रहेको बताउँदै सांसद गोसाईले जीवन्त सहर निर्माणमा अग्रजहरूको भूमिका र भक्तपुर नपाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे ।
भक्तपुरले देशकै शान बढाउन मद्दत पुर्याइरहेको बताउँदै उनले भक्तपुरप्रतिको आस्था र विश्वास विश्वसामु बढ्दै गएको यथार्थ चित्रण गरे ।
सांस्कृतिक र पुरातात्विक आधारमा मात्र नभई राजनैतिक आधारमा पनि भक्तपुरले छुट्टै गौरव बोकेको बताउँदै उनले भक्तपुरले विश्वसामु इज्जत र विश्वास एकैसाथ कमाइरहेको छ बताए ।
त्यस्तै नेमकिपा बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले भक्तपुर सभ्यताको सहर, प्राचीन कला संस्कृतिको नगर, इतिहास जीवन्त बाँचेको सहर भएको बताउँदै पर्यटन अर्थतन्त्रमार्फत भक्तपुर अगाडि बढ्ने प्रयत्न गरिरहेको बताए  ।
उत्पादनसँग नजोडिएको पर्यटन दिगो नहुने बताउँदै उहाँले भक्तपुर एकै रातमा बनेको सहर होइन, यहाँका जनताले वैभवशाली भक्तपुरको निर्माण र पुनःनिर्माण गरेको सहर भएको बताए ।
जनताको जीवनस्तर उठाउने महत्वपूर्ण पाइला भक्तपुर महोत्सवले दिने बताउँदै उहाँले सम्पदा पुनःनिर्माण र सभ्यता पुनःर्जागरणको अनुपम नमुनाको रुपमा भक्तपुर अगाडि बढिरहेको बताए ।
‘१०० वर्षपछिको भक्तपुर’ लाई नजिक ल्याउने माध्यम बन्ने महोत्सवले प्रदान गर्ने बताउँदै उहाँले महोत्सव आयोजनाको लागि भक्तपुर नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उत्सवै उत्सवको नगरमा भक्तपुर नपाले भक्तपुर महोत्सव आयोजना गरी यहाँको मौलिक कला, संस्कृति र सम्पदा विश्वसामु प्रदर्शन गर्ने अवसर मिलेको बताए ।
उहाँले शिक्षामा भक्तपुर नपाले खेलेको महत्वपूर्ण भूमिकाले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन मद्दत पुर्याएको बताउँदै ख्वपविश्वविद्यालय सञ्चालनको लागि पनि नगरपालिकाले पहल गरिरहेको बताए  ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानांगले महोत्सव पूर्ण सफलताको कामना गर्दै भक्तपुरको मूर्त अमूर्त सम्पदाहरु विश्वभर परिचित भएको बताउँदै उत्सवमार्फत भक्तपुरको सांस्कृतिकसँगै शैक्षिक र सांस्कृतिक पुनःजागरणको माध्यम पनि बन्ने विश्वास व्यक्त गरे । 
महोत्सवले मनोरञ्जनको लागि मात्र नभई समाजको दिगो विकासको लागि बाटो खोल्ने महत्वपूर्ण आधार तयार गर्ने उनले बताए ।
उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा नेपाल सरकार, मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी ८२० वटा सम्पदा मौलिक शैलीमा पुनःनिर्माण सम्पन्न गरिसकेको बताए ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुरको गौरवलाई देशीविदेशी पर्यटकमाझ प्रदर्शन गर्ने राम्रो अवसर महोत्सवले दिने बताउँदै देशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending