काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।
विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।
पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।
आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - २१:४६
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बक...
पौष ६ गते, २०८१ - २०:२८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्। ‘आजको खेलमा सुदूरपश्चि...
पौष ६ गते, २०८१ - २०:२६
नवलपरासी । भारतीय तीर्थयात्री लिएर नेपाल आइरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । महेन्द्रराजमार्गको दाउन्ने क्षेत्रमा शनिबार गुडिरहेको अवस्...
पौष ६ गते, २०८१ - २०:०५
काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय ब...
पौष ६ गते, २०८१ - २०:०४
जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् । यस घटनामा घा...
पौष ६ गते, २०८१ - १९:१५
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल...
पौष ६ गते, २०८१ - १९:०२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । साथै उनल...
पौष ६ गते, २०८१ - १८:५७
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनि...
पौष ६ गते, २०८१ - १८:५१
काठमाडौं । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ ...
पौष ६ गते, २०८१ - १८:४७
काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन्। किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको...
प्रतिकृया लेख्नुहोस्: