किएभ। युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ ।
युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, ‘डिसेम्बर १४ र १५ मा कस्र्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँनजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठुलो क्षति पुगेको छ ।’
युक्रेनी गुप्तचर अधिकारीले भनेका छन्, ‘‘रूसले कब्जा गरेको युक्रेनी भूभाग र वरपरका क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरि गरिएका आक्रमणमा कम्तीमा ३० जना उत्तर कोरियाली सैन्य लडाकूको हताहत ९मृत्यु भएको वा सख्त घाइते भएका० छन् ।”
उत्तर कोरियाबाट हजारौँ सैनिकहरू कुस्र्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रूसी सेनालाई सहयोग गर्न आएका छन्, यसै बर्षको गृष्म याममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रूसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।
मस्कोलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’हरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ ।
मस्कोको आक्रमणपछि रूस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ ।
रूसले युक्रेनी सेनालाई कुस्र्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय संख्यामा’ तैनाथ गर्न थालेको जेलेन्स्कीले शनिबार बताउनु भएको थियो ।
जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई ‘अन्य भागमा पनि अग्र पङ्तीमा प्रयोग गरेको सुनिएको बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १७:०८
नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...
फाल्गुन १२ गते, २०८२ - १६:५४
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...
फाल्गुन १२ गते, २०८२ - १६:५०
काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...
फाल्गुन १२ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...
फाल्गुन १२ गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...
फाल्गुन १२ गते, २०८२ - १६:२३
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...
फाल्गुन १२ गते, २०८२ - १६:०३
निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’
फाल्गुन १२ गते, २०८२ - १५:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बता...
फाल्गुन १२ गते, २०८२ - १५:४६
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...
फाल्गुन १२ गते, २०८२ - १५:२४
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...



प्रतिकृया लेख्नुहोस्: