काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) को विवादित अभिव्यक्तिलाई फरक व्याख्या गर्दै सच्याउने प्रयास गरेका छन्।
आज इटहरीमा बालेनसँग स्टेज सेयर गर्दै सभापति लामिछानेले निर्माण व्यवसायीहरूलाई आश्वस्त पार्दै भने, “रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ। म निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले विज्ञप्ति निकाल्नु पर्दैन। ठूला उपकरण खरिद गर्ने तयारी गर्नुहोस्, रातारात विकास निर्माणमा लाग्नुस्। देश विकासको दिशामा अघि बढिसक्यो। डोरीले बाँध्ने होइन, कानुनले बाँध्ने हो।”
केही दिनअघि बालेनले भाषणमा ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो छिटो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए, जसको विरोधमा निर्माण व्यवसायीहरूले सच्याउन र माफी माग्न चेतावनी दिएका थिए। आज बालेनले यस विषयमा कुनै टिप्पणी गरेनन्।
यस्तै, सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्ष्य गर्दै टिप्पणी गरे, “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई। बल्ल ज्ञान आयो, तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला।”
उहाँले विकास निर्माणमा दुईदेखि तीन सिफ्टमा काम गरिने र आवश्यक उपकरण जुटाउन विज्ञप्ति जारी नगरी काम अघि बढाउन सकिने बताए। लामिछानेले भने, “अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: