Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सकियो लुम्बिनी महोत्सवः ३ लाख दर्शकले गरे अवलोकन, १० करोड बढीकाे कारोबार

खबरडबली संवाददाता

भैरहवा  । रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म १२ दिनसम्म महोत्सव संचालन भएको थियो । महोत्सवमा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिकेको संघले दावी गरेको छ । महोत्सव समापनको अवसरमा बोल्दै संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मेलामा आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको जनाए । महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको छ ।

‘सबै स्टल धनीहरुले आफ्नो बस्तु तथा सामान विक्री गर्नुभयो । यसबाट सबै स्टल धनीहरु उत्साहित भएको हामीले पाएका छौं’, उनले भने, ‘पक्कै पनि महोत्सवले बजारलाई केही समय चलायमान बनायो । निरास रहेका उद्योगी–व्यवसायीमा उत्साह थपेको छ ।’

महोत्सवको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री न्यौपानेले गौतमबुद्ध विमानस्थलमा दुईचार वटा जहाज उड्दैमा केही नहुने भन्दै कम्तिमा दैनिक ५० विमान उडान–अवतरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । ‘हामीले पर्यटनका कुरा गर्छौं, अर्बौं खर्चिएर बनाएको विमानस्थलमा विमान उड्दैनन् । नाकाका पर्यटकलाई सास्ती दिइन्छ’, उनले भने, ‘अब सुधार गरौं । पर्यटकमैत्री वातावरण बनाऔं । सबैले म–म भनेर काम गरे समस्या समाधान हुन्छ ।’ उनले विश्वका धेरै मुलुकले पर्यटनबाटै समृद्धि हासिल गरेको जनाउँदै नेपालले पनि यसका लागि काम गर्नुपर्ने बेला आएको जनाए । भैरहवामा आयोजित महोत्सवले निजी क्षेत्रमा आशाको संचार पैदा गरेको आफूले पाएको उनले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टिकृत मेलामहोत्सवले आर्थिक गतिविधिलाई बढवा दिने जनाए । उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी–व्यवसायी, आमनागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नु पर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुसाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले स्वदेशी उत्पादनको प्रबद्र्धन र विकासका लागि महोत्सव कोशेढुंगा सावित भएको जनाए ।

संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नाफा कमाउने नभई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको जनाए । ‘यो महोत्सवले सबै क्षेत्रमा आशाको संचार पैदा गरेको छ । यहाँ आएका सबै उद्योगी–व्यवसायी खुशी हुनुहुन्छ’, उनले भने, ‘सरकारी तहबाट पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने र समस्यामा साथ दिने हो भने अहिलेको सुस्ताएको आर्थिक अवस्थालाई माथि उठाउन सकिन्छ ।’

संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए । ‘महोत्सवमा निःुशल्क माटो परीक्षण समेत भयो । महिलाहरुलाई स्वरोजगार बनाउन मेहन्दी लगाउने तालिम, भैरहवा आइडल र भ्वाइस अफ भैरहवा, नवउद्यमशीलता तालिम गरियो’, उनले भने, ‘महोत्सवले कृषि, पर्यटन, अटो मोबाइल्स, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरेको छ ।’

समापनको अवसरमा र्याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो । महोत्सवमा स्थानीय खाना र उत्पादनलाई विशेष प्राथमिकता दिएर प्रदर्शनी गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending