Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मंगलबार चक्काजाम गरिएको छ। सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै मध्यान्ह १२  बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेको हो । 

सडकमा टायर बालेर तथा बाँस तेर्साएर सडक अवरुद्ध गरि स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त बाटो भएर चल्ने सवारी साधनहरु बाटोमै रोकिएको थियो । शान्तिपूर्ण रुपबाट सुनुवाइ नभएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । 

भत्काएर छोडिएको सडकमा धुलो उड्न नदिन ठेकेदारलाई पानीको व्यवस्था गर्न लगाउनु पर्ने, सडक निर्माणको कार्य तुरुन्तै सुरु गर्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रिएको स्थानीय रामचन्द्र यादवले बताए। 

निर्माण कम्पनीले सडक भत्काएर छोडेपछि सवारीसाधन आवतजावत गर्दा धुलो उडेर घरभित्रै परेर समस्या भएपछि पानीको व्यवस्था गर्न माग राखी आन्दोलनमा उत्रिनु परेको स्थानीय सचिन साहले बताए। सडक अलपत्र छोड्दा प्रदुषण बढेर पर्यावरण बिग्रीएकोले धुलो नियन्त्रणका लागि ठेकेदारलाई पटकपटक भन्दा पनि सुनुवाइ नहुँदा संघर्षमा उत्रिएको स्थानीय युवा शैलेन्द्र यादवले बताए। 

ठेकेदार संजीव साहलाई आफूहरुको समस्याबारे ध्यानाकर्षण गराउँदा मोबाइल अफ गरेर बस्ने गरेको स्थानीय राज कुमार यादवले आरोप लगाए । 

स्थानीय प्रशासनले माग पूरा गर्न पहल गर्ने आश्वासन दिएपनि समस्या ज्यूकोत्यू रहेकोले फेरी सडक जाम गर्न बाध्य भएको उहाँले जानकारी दिए। 

स्थानीयले यसअघि पनि पानीको व्यवस्था र सडक निर्माणको माग राखी पटकपटक सडक अवरुद्ध गर्दै आएका छन् । यसै बिच जिल्लाको डाक्नेश्वी नगरपालिका ७ मझौरामा मंगलबार कठौना–पातो भित्री सडकखण्ड चक्काचाम गरिएको छ । सडक निर्माण कार्य अलपत्र हुँदा धुलो उडेर समस्यामा परेका आक्रोशित स्थानीयबासीले विहान ९ बजेदेखि सडक अवरुद्ध गरेको हो ।

स्थानीयले सडकमा बाँस तेर्साएर सडक अवरुद्ध गरेपछि उक्त मार्ग भएर चल्ने सवारी साधन बाटैमा रोकिएको छ । सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । 

धुलो नियन्त्रणका लागि नगरपालिका र निर्माण कम्पनीसंग पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीय बताउँछन । उहाँहरुले धुलो नियन्त्रण गरी सडक निर्माण कार्यलाई अगाडि नबढाएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिएका छन् । 

पूर्व प्रदेश सभा सदस्य विदेश्वर कुमार यादवले धुलोका कारण जनजीवन प्रभावित हुँदा समेत सरोकारवाला निकाय गम्भीर नदेखिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उहाँले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा स्थानीय प्रशासनिक समेत मौन रहेको सञ्चारकर्मीलाई बताए । 

‘पातो कठौना सडकखण्ड निर्माण अलपत्र परेपछि सडकबाट उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा समस्या परेको डाकनेश्वरी नपा–७ मझोउरा गाउँबासीद्वारा सडक जाम गरी विरोध प्रदर्शनमा उत्रिएका छन् । स्थानीयहरुले ‘ठेकेदार, प्रशासन र जनप्रतिनिधिको अत्तोपत्तो नभएको बताउँदै सडकमा पानी पटाउनुपर्ने हो तर ठेकेदार कम्पनी निर्माण कार्य अलपत्र छाडेका छन । स्थानीयबासीहरुले समस्या समाधानमा गम्भीर हुन सम्बन्धि पक्षसंग जोडदार माग समेत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...

आज साँझ एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending