काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षेत्रमा पछिल्लो २४ घण्टामा ५१.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझसम्मको अभिलेखअनुसार झापा, मोरङ, तनहुँ, दाङ, सुर्खेत र काठमाडौंका केही क्षेत्रमा भारी वर्षा भएको हो। सबैभन्दा बढी वर्षा झापाको बाहुनडाँगीमा ७७.४ मिलिमिटर रेकर्ड गरिएको छ। त्यसपछि तनहुँमा ५३.२, सुर्खेतमा ५२.८, काठमाडौंको कपनमा ५१.८ र दाङमा ४८.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
वर्षासँगै देशभर तापक्रममा पनि गिरावट आएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तराईका जिल्लामा तापक्रम ३९ डिग्री सेल्सियसभन्दा तल झरेको छ भने काठमाडौंको तापक्रम करिब २१ डिग्री सेल्सियसमा सीमित रहेको छ।
विभागले जारी गरेको मौसम बुलेटिनमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको उल्लेख गरेको छ। बिहीबार पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ।
त्यस्तै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा समेत वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार नेपाल मनसुन प्रवेशको संघारमा पुगेको छ र अबको केही दिनभित्र मनसुन भित्रिन सक्ने अवस्था देखिएको छ। यद्यपि यस वर्ष मनसुन अवधिभर औसतभन्दा कम वर्षा हुने र तापक्रम सामान्यभन्दा बढी रहने आकलन गरिएको छ।
मौसमविद्हरूले आगामी दिनमा वर्षासँगै आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: