बाजुरा । बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा भने क्षति पुगेको छ । भूकम्पबाट १६ घर चर्किएका छन् । चर्किएको घर बस्न लागयक नभएको र गत वर्ष माघ १० गतेस्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले चर्किएका घरमा थप क्षति रहेका छ ।
यती बेला फेरि भूकम्पले घर हल्लाएपछि घर छोडेर बाहिर आएका कारण मानवीय क्षति भने भएन । तर घर भने बस्न लायक नहुने गरेर चर्किएको जगनाथ गाउँपालिका वडा नं –५ का स्थानीय अनिराम दमाइले बताए।
उनले भने, “बिहान घरमा सुतिरहेको बेलामा भूकम्प आएको हो । त्यसले घरमा सुतेको बेला निकै हल्लाएपछि हामी तुरुन्त बाहिर आएर बस्यौं ।”
चर्काइएको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले भूकम्पका कारण स्थानीयका घर चर्किएको जानकारी दिए। उनले भूकम्पबाट कुनै मानवीय क्षति भएको बताए ।
उनले भने, “अहिले कती घर चर्किएका छन् । सबै कती घर भत्किए भन्ने कुरा एकिन भएको छैन । अहिले माथिल्लो तल्लो गोत्रीमा गएर चर्किएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।”
चर्किएका घरको सबै तथ्याङ्क सङ्कलन गरी सकेपछि पीडितलाई के कसरी राहत दिन सकिने त्यसको बारेमा छलफल गरिने वडा अध्यक्ष सार्कीेले बताए।
गोत्रीमा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले गोत्रीका अधिकांश घरमा आशिकरुपमा क्षति गरेको जुड्डी प्रहरी चौकी हल्दवार महोन भट्टले बताए।
उनले भने, “यहाँको माथिल्लो गोत्रीका अनिराम दमाई, अबी दमाई, धर्म दमाई, गइकला दमाई सुपरा शाहीलगायतका १६ जनाका घर चर्किएका छन् ।”
भूकम्पले यहाँ भौतिक रुपमा क्षति गरेकाले कहाँ के कती घर चर्किएका हुन् । त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको भट्टले बताए।
बाजुराको गोत्रीमा केन्द्र बिन्दु बनाएर फेरि भूकम्प गएको भन्ने कुरा जानकारीमा आएको छ । अहिले त्यो ठाउँ लगायत जिल्लाका विभिन्न ठाउँमा के कती क्षति गरेको भन्ने त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भूकम्पले मानवीय क्षति भने नभएको जानकारीमा आएको छ । तर यहाँ रहेका केही पुराना तथा जीर्ण रहेका घरमा भने क्षति गरेको छ ।
ती घरमा पनि के कती क्षति भएको त्यसको बारेमा जिल्ला भरीको तथ्याङ्क लिने काम भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।
गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १४:४२
सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...
चैत्र १ गते, २०८२ - १४:३१
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...
चैत्र १ गते, २०८२ - १४:१६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...
चैत्र १ गते, २०८२ - १३:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...
चैत्र १ गते, २०८२ - १३:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...
चैत्र १ गते, २०८२ - १३:३०
गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...
चैत्र १ गते, २०८२ - १३:१२
काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...
चैत्र १ गते, २०८२ - १२:५३
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...
चैत्र १ गते, २०८२ - १२:४१
काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...
चैत्र १ गते, २०८२ - १२:१८
काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...


प्रतिकृया लेख्नुहोस्: