Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

१९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने

खबरडबली संवाददाता

काठमाडौं । १९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने भएको छ । आयोजक नेपाल‌ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति सार्वजनिक गरेको हो । 

यस पटकको अवार्ड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताए । अवार्ड आयोजनाका लागि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र अध्यक्ष श्रेष्ठबिच सम्झौता भएको छ । 

अवार्डमा गतवर्ष चीनको होङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका उत्कृष्ट एक एक जना खेलाडीलाई सम्बन्धित राष्ट्रिय खेल सङ्घको सिफारिसको आधारमा अवार्ड प्रदान गरिनेछ । विजेता खेलाडीले अवार्डसहित १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । 

यस्तै उत्कृष्टमध्ये नै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपियाँ, एकजना पाका खेलकर्मीलाई गजराज आर्दश खेल व्यक्तित्व, एकजना खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार स्वरुप ३५ हजार र एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई अवार्डसहित १५ हजार रुपियाँ प्रदान गरिनेछ । 

१९औँ एसियाडमा समावेश २९ खेलहरुमा फुटबल, साइक्लिङ, क्रिकेट, एथलेटिक्स, फेन्सिङ, रग्बी, ह्याण्डबल, पौडी, लनटेनिस, गल्फ, उसु, कुस्ती, भारोत्तोलन, बास्केटबल, सुटिङ, कबड्डी, ट्राइथलन, टेबलटेनिस, बक्सिङ, इ–स्पोर्टस, स्क्वास, जुडो, कराते, डान्स स्पोर्ट्स, ब्याडमिन्टन, भलिबल, तेक्वान्दो, आर्चरी र क्यानोइङ रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending