काठमाडौं । १९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति सार्वजनिक गरेको हो ।
यस पटकको अवार्ड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताए । अवार्ड आयोजनाका लागि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र अध्यक्ष श्रेष्ठबिच सम्झौता भएको छ ।
अवार्डमा गतवर्ष चीनको होङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका उत्कृष्ट एक एक जना खेलाडीलाई सम्बन्धित राष्ट्रिय खेल सङ्घको सिफारिसको आधारमा अवार्ड प्रदान गरिनेछ । विजेता खेलाडीले अवार्डसहित १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।
यस्तै उत्कृष्टमध्ये नै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपियाँ, एकजना पाका खेलकर्मीलाई गजराज आर्दश खेल व्यक्तित्व, एकजना खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार स्वरुप ३५ हजार र एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई अवार्डसहित १५ हजार रुपियाँ प्रदान गरिनेछ ।
१९औँ एसियाडमा समावेश २९ खेलहरुमा फुटबल, साइक्लिङ, क्रिकेट, एथलेटिक्स, फेन्सिङ, रग्बी, ह्याण्डबल, पौडी, लनटेनिस, गल्फ, उसु, कुस्ती, भारोत्तोलन, बास्केटबल, सुटिङ, कबड्डी, ट्राइथलन, टेबलटेनिस, बक्सिङ, इ–स्पोर्टस, स्क्वास, जुडो, कराते, डान्स स्पोर्ट्स, ब्याडमिन्टन, भलिबल, तेक्वान्दो, आर्चरी र क्यानोइङ रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: