Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

किन असन्तुष्ट भए नेताहरुकाे कार्य विभाजनप्रति झलनाथ ?

‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।  खनालले आफ्नो सचिवालय समुहमा नेता कार्यकर्तासामु कार्य विभाजनलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन् । 

एक पोलिटब्युरो सदस्यका अनुसार खनालले उक्त समुहमा कार्यविभाजन हेर्दा आफूलाई पनि कयौँ विषयमा चित्त नबुझेको बताएका छन् । 

‘म विगत १५ दिन देखि डाक्टरको सल्लाहमा आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अङ्ग हो । त्यसले गर्दा म यसपटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ’, खनालले लेखेका छन्, ‘६ महिनापछि बैठक गर्दा पनि पार्टीले त्यही बेलामा बैठक पारिदियो । त्यो बैठकमा के के एजेन्डा प्रस्तुत भए ? के के विषयमा कस्तो छलफल भयो र के निष्कर्ष निकालियो ? मलाई थाहा छैन ।’

खनालले धेरै नेता कार्यकर्ताहरूले कार्यविभाजनका बारेमा चर्को असन्तुष्टि रहेको आफूलाई गुनासो गरेको भन्दै स्थायी कमिटीको निर्णयबारे आफूलाई विस्तृत जानकारी भइनसकेको बताएका छन् । 

‘यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’, खनालले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा प्रस्तावहरू पठाएको स्मरण गराएका छन् । 

‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन । पार्टीले महाधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ’, खनालले भनेका छन्,‘अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’

उनले केन्द्रीय कमिटी सदस्यहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

‘स्थायी कमिटीले गर्नुपर्ने त्यहीँ हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरेँ मलाई पनि कयौँ कुरा चित्त बुझेन । अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला’, खनालको भनाइ छ । 

खनालको सचिवालय समुहमा अध्यक्ष माधव नेपालदेखि अधिकांश सचिवालय सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्य जोडिएका छन् । स्थायी कमिटीको बैठकपछि गत शुक्रबार अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending